फ्रान्समा डायनासोरको साढे ६ फिट लामो जांघको हड्डी भेटियो

फ्रान्समा डायनासोरको साढे ६ फिट लामो जांघको हड्डी भेटियो

एजेन्सी : दक्षिण-पश्चिमी फ्रान्समा वैज्ञानिकहरुले उत्खनन्का क्रममा डायनासोरको जांघको हड्डी फेला पारेका छन्। बीबीसीका अनुसार यी वैज्ञानिहरुले  करिब १० वर्षदेखि जीवावशेसको खोजी गरिरहेका थिए। 

दुई मिटर (साढे ६ फिट) लामो जांघको हड्डी आन्जेक इलाकामा भेटिएको हो। यो सोरोपोडो डायनासोरको हड्डी भएको अनुमान गरिएको छ। यो शाकाहारी डायनासोरको गर्द्धन लामो र पुच्छर समेत थियो।

जुरासिक कालमा अन्तिम वर्षहरुमा यो डायनासोर सामान्य अवस्थामा पाइन्थ्यो। यसलाई अहिलेसम्मकै ठूलो जनावरका रुपमा लिइन्छ।

जीवावशेषको खोजि गरिरेका वैज्ञानिकहरु  यति ठूलो हड्डी फेला परेपछि अचम्मित भएका छन्। 

नेसनल हिस्ट्री म्युजयम अफ पेरिसका रोना ऐनले पारिजियांग अखबारसँग भनेका छन्-'हामी यसमा मांशपेशी जोडिएको र घाउ देख्न सक्छौं। ठूलो हड्डीमा यस्तो अवस्था कमै मात्रामा देखिन्छ। त्यो आफै मक्किएर नष्ट हुन्छ।'

उनका अनुसार १४०० लाख वर्षअघि यस्ता डायनासोर पाइन्थे। यसको तौल ४० देखि ५० टनसम्म हुन्छ। एक स्थानीय अखबार ला सेरेन्ट लिबरको अनुसार उक्त ठाउँमा सन् २०१० मा सोरोपोडकै एउटा २.२ मिटरको जांघको हड्डी भेटिएको थियो।

त्यसको तौल ५०० केजी थियो। यो हप्ता भेटिएको हड्डीको तौल पनि यस्तै हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ। तर, हाल यसको काम पूरा हुन एक हप्ता लाग्न सक्छ। यसका लागि एउटा क्रेनको आवश्यकता पर्नेछ।

यो हड्डी खोनियेक सहरनजिक सेरोन्ट इलाकको एक अंगुर बगैचामा फेला परेको हो।  सन् २०१० यता ४० प्रजातिका ७५ हजार बढि जीवावशेष फेला परेका छन्।

यसका साथै २०१४ सालमा अर्जेन्टिनामा यस्ता डायनासोरको हड्डी भेटिएका थिए जसलाई वैज्ञानिकहरुलाई विश्वकै सबैभन्दा ठूलो डायनासोरको अवशेष मानेका थिए। त्यो विशाल प्राणीको तौल ७७ टन थियो भने उचाई २० मिटर जति थियो।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.