सम्बन्ध बिग्रदै जाँदा हत्या बढ्यो

सम्बन्ध बिग्रदै जाँदा हत्या बढ्यो

राजविराज : पछिल्लो समय सामान्य मनमुटाव, दाइजो माग, रकम हिनामिनासहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ। यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति र त्यसमा श्रीमान् नै बढी देखा पर्न थालेका छन्।

श्रीमतीको हत्या स्विकारेका सप्तरीको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई बुधबार मात्र सर्वस्वसहित जन्मकैद सजाय भएको छ। अभियुक्तले हत्या स्वीकारेपछि सप्तरीमा पहिलो पटक घटनाको एक महिनामै मुद्दा फैसला भएको छ। 

आफ्नै श्रीमतीको हत्या गरेको स्विकादै साविती बयान दिएपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलाशले रजकलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो।

राजविराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दिपेन्द्र यादवको घरमा डेरा गरी बस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया श्रीमती गीतालाई उनका पति हिरालालले हत्या गरेको प्रहरीले जनाएको छ। 

राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउको तथा निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मङ्सिर १० गते शव फेला परेको थियो। आरोपित सोही दिन पक्राउ परेका थिए।

भारतको केरलाबाट कमाएर ल्याएको साढे चार लाख रूपियाँ र घरमा भएको गरगहना हिनामिना गरेको विषयमा विवाद हुँदा हत्या भएको अनुसन्धानले देखाएको छ।

बोदे बरसाइन नगरपालिका–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमती ४० वर्षीया श्रीमती ललितादेवी यादवको हत्या अभियोगमा जिल्ला अदालतले २०७५ जेठ २४ गते सर्वस्वसहित जन्मकैद सजाय गरेको थियो। 

बोदे बरसाइन–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा ०७५ कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले श्रीमतीको हत्या गरेका थिए।

सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदालाई हत्या गरेको आरोपमा उनका श्रीमान् ४९ वर्षीय अघना भनिने अगहनु सदा चैत २२ गते थुनामा परेका छन्। 

हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रकम हिनामिना, दाइजो, अवैध सम्बन्धका कारण उब्जिएको विवादले श्रीमानबाट हत्या हुने गरेको छ। तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको छ। 

अदालतको आदेशअनुसार धरौटी रकम राख्न नसक्दा उनी पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन्। श्रीमानको कुटपिटबाट घाइते देवकुमारीको उपचार गराउन नसक्दा चार दिनपछि गत फागुन २९ गते घरमै मृत्यु भएको थियो। 

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई हत्या गरेको आरोपमा गत असार ७ गतेदेखि उनकै देवर २१ वर्षीय परमेश्वर साह पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। परमेश्वरले २०७८ माघ २१ गते खाना पकाइरहेकी पीडितको शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए। 

बोदे बरसाइन नगरपालिका–५ जाँजरकी २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान २५ वर्षीय लुकमान मियाँलाई ०७८ मङ्सिर ३ गते पक्राउ गरेको थियो। 

दाइजो बापत मोटरसाइकल र नगद नदिएको भन्दै परिवारका सदस्यहरूसँग मिलेर ०७६ फागुन २ गते विष खुवाएर खातुनको हत्या गरेको आरोपमा लुकमानलाई पक्राउ गरिएको थियो।

सुरुङ्गा नगरपालिका–४ मधुपट्टी कनकपुरकी १८ वर्षीया पुनम यादवको हत्या गरेको आरोपमा २० वर्षीय पति सतिश यादव, ससुरा ४५ वर्षीय रामसिमृत यादव, सासु ४२ वर्षीया रामसखी यादव र जेठानी २० वर्षीया किरण यादवविरूद्ध प्रहरीले ०७६ साउन १३ गते उजुरी दर्ता गरेको थियो।

आत्महत्या दुरुत्साहनका घटना पनि बर्सेनि बढेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मोहम्मद मुन्नाले बताए। लगातारको आशंका, अविश्वासले सम्बन्ध बिग्रदै जाँदा हत्या, आत्महत्याका घटना हुने गरेको उनले बताए। 

आरोपितहरूले ०७६ असार ३० गते राति दाइजो माग्दै कुटपिट गरेको भन्दै पीडित पुनमले रुँदै फोन गरे पछि असार ३१ गते दिउँसो उनको घरमा पुग्दा आरोपितहरूले थप कुटपिट गर्दै कोठामा थुनेको र पछि बहिनीले विष खाएको भन्दै आरोपितहरूले उपचार गर्न समेत नलग्दा मृत्यु भएको भाई पवनले आरोप लगाए। 

हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रकम हिनामिना, दाइजो, अवैध सम्बन्धका कारण उब्जिएको विवादले श्रीमानबाट हत्या हुने गरेको छ। तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको छ। 

यसैगरी आत्महत्या दुरुत्साहनका घटना पनि बर्सेनि बढेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मोहम्मद मुन्नाले बताए। लगातारको आशंका, अविश्वासले सम्बन्ध बिग्रदै जाँदा हत्या, आत्महत्याका घटना हुने गरेको उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.