अमेरिकाले ड्रोन आक्रमणमा मारेको जवाहिरी जिउँदै भएको दाबी

अमेरिकाले ड्रोन आक्रमणमा मारेको जवाहिरी जिउँदै भएको दाबी

काबुल : अल कायदाले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ जसमा आतंकवादी अल जवाहिरीको आवाज सुनिएको छ । यस भिडियोमार्फत आतङ्कवादी संगठनले आफ्ना नेता जीवित रहेको दाबी गरेको छ । मिडिया रिपोर्टका अनुसार अल-कायदाले यो ३५ मिनेटको भिडियो शुक्रबार (डिसेम्बर २३) सार्वजनिक गरेको हो ।

आतंकवादी संगठनले यो रेकर्डिङ अल जवाहिरीको भएको दाबी गरेको छ । तर, रेकर्डिङ कहिले भयो, त्यसको जानकारी दिइएको छैन । भिडियोको विषयवस्तुबाट पनि स्पष्ट भएको छैन। यो भिडियो सार्वजनिक गरेर अलकायदाले अमेरिकालाई आफ्नो नेता जीवितै रहेको र उनले अमेरिकासग बदला लिने सन्देश दिन चाहेको छ।
 

अमेरिकाले ड्रोन हमलामा मारेको थियो 

लादेनसँगै अल जवाहिरी पनि अमेरिकामा भएको ९/११ आतंकवादी हमलाको मुख्य साजिशकर्तामा संलग्न थिए । लादेन मारिएपछि अमेरिकी गुप्तचर एजेन्सीहरूले अल जवाहिरीलाई विश्वभर खोजिरहेका थिए। अल जवाहिरीलाई अमेरिकाले यही वर्ष जुलाई ३१ मा अफगानिस्तानको राजधानी काबुलमा ड्रोन हमलामा हत्या गरेको थियो।  

अल-जवाहिरीको शव फेला परेन

अमेरिकी ड्रोन आक्रमणमा मारिएका अल जवाहिरीको शव भने फेला परेको छैन । अमेरिकाले ड्रोन हमला निकै सटिक र शक्तिशाली भएकोले उनी जीवित नरहेको दावी गरेको छ।

अल कायदाले भने आफ्नो  नेता नमरेको बताउँदै आएको छ। अमेरिकाले ड्रोन हमला गरेको घर खाली रहेको तालिबानले पनि बताएको छ । त्यहाँ कोही नबस्ने उनीहरुको भनाइ छ।

आतंकवादी संगठनले लगातार आफ्नो नेतालाई जीवित साबित गर्ने प्रयास गरिरहेको छ र अमेरिकालाई धम्की दिइरहेको छ।
 
मर्ने जवाहिरी नै रहेको अमेरिकाको दावी

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार ड्रोन आक्रमण अमेरिकी गुप्तचर एजेन्सी सीआईएको विशेष टोलीले गरेको थियो। अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान सरकार सत्तामा आएदेखि जवाहिरी काबुलमा बस्दै आएका थिए। 

काबुलमा अमेरिकी एजेन्सीसँग सम्बन्धित व्यक्तिहरूले उनलाई विगत ६ महिनादेखि लगातार पछ्याइरहेका थिए। उनको परिवार र नजिकका साथीहरूलाई पनि नजिकबाट निगरानी गरिएको थियो। उक्त रिपोर्टले मर्ने जवाहिरी नै भएको बताएको छ। एबीपी लाइभ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.