इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह

इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह

स्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती रेहम खानले तेस्रो विवाह गरेकी छन्।  रेहम खानले आफूभन्दा १३ वर्ष कान्छी मोडल मिर्जा बिलालसँग विवाह गरेकी हुन्। मिर्जा बिलालको पनि यो तेस्रो विवाह हो।

मिर्जा बिलाल एक अभिनेता र मोडेल हुन्। उनले पाकिस्तानी टिभी च्यानलहरूमा राजनीतिक कमेडी शोहरूमा पनि काम गरिसकेका छन्।

रेहम र मिर्जाले अमेरिकाको सिएटलमा विवाह गरेका हुन् । विवाहको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेर मानिसहरूलाई जानकारी दिएका छन्।

रेहमले ट्विटमा लेखेकी छन्, ‘जिन्दगी माया र समझदारीको नाम हो। लामो एक्लो संघर्ष पछि, मैले एक जना मानिसलाई भेटें जसले मलाई आफ्नो बौद्धिकता र इमानदारीले प्रभावित पारे। म त्यो व्यक्तिलाई विश्वास गर्न सक्छु। त्यो व्यक्ति मेरो कठिन समयमा मेरो साथ रह्यो।'

यो विवाहमा आफ्नो छोरा वकिल बनेको उनले बताइन्। विवाहमा मिर्जाका आमाबुवा पनि उपस्थित थिए।

उनीहरुको विवाहलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ। कतिपयले उनलाई बधाई दिइरहेका छन् भने कसैले गाली पनि गरिरहेका छन्।

रेहम खानले सात वर्षअघि इमरान खानसँग सम्बन्धविच्छेद गरेकी थिइन्। उनले इमरान खानको पनि आलोचना गरेकी छिन्।

उनको पहिलो विवाह एजाज रहमानसँग भएको थियो। रेहमका पनि तीन सन्तान छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.