बिहारमा इँटाभट्टाको चिम्नी विष्फोट : मालिकसहित ७ जनाको मृत्यु

बिहारमा इँटाभट्टाको चिम्नी विष्फोट : मालिकसहित ७ जनाको मृत्यु

बिहार : बिहारको पूर्वी चम्पारण जिल्लामा इँटाभट्टाको चिम्नी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। यो घटना शुक्रबार बिहान मोतिहारीको रामगढवा क्षेत्रमा भएको हो।

मृत्यु हुनेमा इँटाभट्टा मालिक मोहम्मद इशरार पनि परेका छन्। मोतिहारी प्रहरीले भने, ‘दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। उद्धार कार्य जारी छ। एएसपी रक्सौल, प्रहरी टोली र एसडीआरएफ टोली घटनास्थलमा उपस्थित छन्।'

मोतिहारीको एसआरपी अस्पतालका सुपरिटेन्डेन्ट सुजित कुमारले भने, 'विष्फोटपछि घाइतेहरूलाई धेरै चोटपटक लागेको र सास फेर्न गाह्रो भएको बताए। यहाँ ७-८ जना भर्ना भएका छन्, जसमध्ये तीन जना भेन्टिलेटरमा छन्।'

बिहारका मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै भने, ‘पूर्वी चम्पारण जिल्लाको रामगढवा थाना क्षेत्रमा इँटाभट्टाको चिम्नी विस्फोटको घटना दुःखद छ। मृतकका परिवारजनमा गहिरो समवेदना। घाइतेहरुको उचित उपचार गर्न निर्देशन दिइएको छ।  शिघ्र स्वास्थ्य लाभको कामना।'
 
मुख्यमन्त्रीले घाइते सबैको राम्रो उपचार गर्न अधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा  गरे।

उनले ट्विट गर्दै भने , ‘मोतिहारीको इँटाभट्टामा भएको दुर्घटनामा परी ज्यान गुमाएको घटनाले  दु:खी छु। पीडित परिवारलाई मेरो समवेदना। घाइतेहरूको लागि प्रार्थना। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ। र घाइतेले ५० हजार क्षतिपूर्ति पाउनेछन्।' बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.