१६ वर्षपछि फिजीले पायो नयाँ प्रधानमन्त्री : सिटिभेनी रबुका निर्वाचित

१६ वर्षपछि फिजीले पायो नयाँ प्रधानमन्त्री : सिटिभेनी रबुका निर्वाचित

सुभा : सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको छ । 

रबुका सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन्। रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन्।

संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले सो निर्वाचनको परिणाम घोषणा गरेका हुन्। फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टी शुक्रबार रबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर  गठबन्धन बनेको हो ।  

गठबन्धनपछि रबुकाले विजय हासिल गरेका हुन् ।  योसँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६  वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा  सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए । १६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.