यी हुन सन् २०२२ मा प्रयोग भएका कमजोर पासवर्ड
काठमाडौं : सन् २०२२ मा इन्टरनेट तथा सामाजिक सञ्जालमा प्रयोग भएका साझा पासवर्डको सूची सार्वजनिक भएको छ। सार्वजनिक भएको सूचीअनुसार अधिकांश पासवर्ड एक सेकेण्डमा नै ह्याक हुने खालका छन्।
इन्टरनेट सुरक्षाको काम गर्दै आएको नर्डपासका अनुसार यस वर्ष सबैभन्दा बढी पासवर्डका रूपमा password प्रयोग भएको छ। यो पासवर्ड ४९ लाख २९ हजार ११३ ले प्रयोग गरेका छन्। यसलाई क्रयाक गर्न एक सेकेण्ड भए पुग्छ। दोस्रोमा 123456 प्रयोग भएको छ। यो पासवर्ड १५ लाख २३ हजार ५३७ ले प्रयोग गरेका छन्।
नर्डपासले २०२२ मा सबैभन्दा बढी प्रयोग भएका २०० साझा तथा कमजोर पासवर्डको सूची सार्वजनिक गरेको हो। यी हुन् प्रयोग भएका १० कमजोर पासवर्ड
2. 123456
3. 123456789
4. guest
5. qwerty
6. 12345678
7. 111111
8. 12345
9. col123456
10. 123123