मधेस आन्दोलनमा भत्काइएको गिरिजा कोइरालाको शालिक अनावरण गरिने

मधेस आन्दोलनमा भत्काइएको गिरिजा कोइरालाको शालिक अनावरण गरिने

वीरगन्ज: वीरगन्ज-२ छपकैयाको इदगाह चोकमा पूर्व प्रधानमन्त्री एंव नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको पूर्णकदको शालिक पुन: अनावरण गरिने भएको छ।

यसअघि गिरिजा प्रसाद (जिपी) कोईराला फाउण्डेशन पर्साले इदगाह चोकमा निर्माण गरेको स्वर्गीय कोइरालाको शालिक २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले भत्काएर ध्वस्त बनाएका थिए। 

त्यही स्थानमा फाउन्डेसनले कोइरालाको नयाँ शालिक निर्माण गरी अनावरण गर्न लागेको हो। पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा आगामि चैत ७ गते कोइरालाको शालिक अनावरण गर्ने फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष मोहम्मद शाहबुद्धिनले बताए।

शनिबार वीरगन्जमा भएको फाउन्डेसन  पर्साको बैठकले यो निर्णय गरेको उनले बताए। बैठकले कोइरालाको स्मृति दिवसमा वीरगन्जमा आगामी फागुन २७ गतेदेखि मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.