भेडेटारमा परिकार महोत्सव हुँदै

भेडेटारमा परिकार महोत्सव हुँदै

धनकुटा : अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीयस्थल भेडेटारमा परिकार महोत्सव हुने भएको छ। 

आयोजक होटल एसोसिएसन भेडेटारले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी अंग्रेजी नयाँ वर्षको अवसरमा आगामी पुस १६ देखि १८ गतेसम्म तीन दिने परिकार महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो। 

पूर्वकै चर्चित पर्यटकीय स्थलहरूमध्येको एक भेडेटारमा हरेक वर्ष नयाँ वर्षको अवसर पारेर परिकार महोत्सवको आयोजना हुँदै आइरहेको छ। यस पटकको महोत्सव दशौं संस्करणको हो। 

महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रर्दशनीमा राखिने होटल एसोसिएसन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन्। 

उनले महोत्सवमा आउने आगन्तुकहरूले स्थानीय जातीय पराम्परागत खानेकुराहरूको स्वाद लिन र हेर्न बुझ्न पाउने बताइन्। 

ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक पराम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार महोत्सव मार्फत हुने उनको भनाइ छ। 

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले कोरोनापछिको आर्थिक मन्दीलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने बताए। उनले महोत्सवमा गाउँपालिकाले पनि कृषि मेलाको प्रदर्शनी समेत गर्ने बताए।  

भेडेटार घुम्न आउने आगन्तुकहरूलाई प्याराग्याइडिङ, माउण्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ। 

महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ वरावरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको होटल एसोसिएसनका सहकोषाध्यक्ष रमेश श्रेष्ठले बताए। साथै राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने छ। 

महोत्सव अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। 

महोत्सवमा आउने पर्यटकहरूलाई सागुरीगढी गाउँपालिकाभित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ। 

त्यस्तै मगर, लिम्बु, राई, चौधरी, धिमाल र याखा जातिको सास्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सक्ने आयोजक समितिका सचिव तुमराज लिम्बुले बताए। 

महोत्सवमा ४० भन्दा बढी स्टल रहनेछ।  महोत्सव अवधिभर हुने पार्किङ समस्यालाई समाधान गर्न भेडेटार बजार क्षेत्रको विभिन्न क्षेत्रमा अस्थायी पार्किङ क्षेत्र निर्माण गरिने बताइएको छ। 

महोत्सवको मुख्य प्रायोजक गोर्खा वुअरी, सहआयोजक नेस्ट भेडेटार, भेडेटार आमा समुह र श्री पाथिभरा क्लव,  सहयोगी साँगुरीगढी गाउँपालिका, प्रवर्द्धक नेपाल पर्यटन बोर्ड, बैंकिङ पार्टनर गोर्खा फाइनान्स र नबिल वैंक रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.