धनुषामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु

धनुषामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका धानुक दासको मृत्यु भएको छ। 

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका–२ बस्ने ४० वर्षीय दास गम्भीर घाइते भएका थिए। 

दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका छन्। 

स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 

गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.