अफगानी महिलालाई एनजीओमा पनि प्रतिबन्ध

अफगानी महिलालाई एनजीओमा पनि प्रतिबन्ध

काबुल (सिन्ह्वा) : अफगानिस्तानको तालिबान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ।  सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ।   

महिलालाई काम नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई पठाइएको सूचना, जसको एकप्रति एएफपीद्वारा प्राप्त गरिएकोमा भनिएको छ, ‘इस्लामी हिजाबको पालन नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनहरूको बारेमा गम्भीर गुनासोहरू आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको छ।’   

अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघ–संस्थासँग आग्रह गरेको छ।  तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएको थियो।  दुई वर्षअघि तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ। उनीहरूलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाइएको छ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.