दक्षिण अफ्रिकामा ग्यास विस्फोट : १० जनाको मृत्यु, ५ घाइते

दक्षिण अफ्रिकामा ग्यास विस्फोट : १० जनाको मृत्यु, ५ घाइते

 जोहानेसबर्ग : दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।  घटनामा अन्य ५० जना घाइते भएका छन् । 

इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७:५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो ।

नत्लाडीले भने, 'अग्निनियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको छ । घटनामा छ जना अग्निनियन्त्रक घाइते भएका छन् ।'

घटनाबारे अनुसन्धान सुरू गरिएको उनले बताए । प्रवक्ताका अनुसार ट्रकले कुन प्रकारको ग्यास बोकेको थियो भन्ने जानकारी समाचार तयार गर्दासम्म प्राप्त हुन सकेको छैन । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.