रुसमा नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
मस्को : रुसको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ। रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको हो। साथै आगलागीमा अन्य छ जना घाइते भएका छन् ।
तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउने क्रममा समस्या आउँदा उक्त आगलागी भएको हो ।
शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।