चीनमा सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार
बेइजिङ : चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेका क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ।
खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १:४० बजे दुर्घटना भएको थियो। सो समयमा ४० श्रमिक खानीभित्र काम गरिरहेका थिए। त्यसमध्ये २२ जनालाई सकुशल बाहिर निकालिएको छ।
खानीमा काम गर्ने अन्य व्यक्तिलाई उद्धारका लागि आवश्यक पहल थालिसकिएको स्थानीय अधिकारीले जनाएका छन्।
दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।