उतारचढावको वैदेशिक व्यापार
आधुनिक उपभोग्य र विलासिताका सामग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त छ। फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दैछ। स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नुले व्यापारघाटा बढ्दै गएको छ। अघिल्ला वर्षझैं निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएका छन्। व्यापारघाटा कम गर्न समयसमयमा धेरै नीति उद्घाटन गरे पनि उपलब्धि हुन सकेन। आयात प्रतिस्पर्धाका १२ वस्तुका निर्यात पनि निराशाजनक अवस्थामा छन्।
हरेक वर्ष निर्यात बढाउने भनी नयाँनयाँ नमुुनाका रूपमा नयाँ कार्यक्रम ल्याई हल्ला फिजाइन्छ तर हरेक वर्ष कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अधोगतिमा जाँदैछ। आव २०७९/०८० को पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा निकासी व्यापार, मुद्रासञ्चिति, वैदेशिक लगानी, मुद्रास्फीतिमा त्यति विधि सुधार आएको देखिँदैन। २०७९/०८० को प्रथम दुई महिनामा निर्यात बढ्न र आयात घटाउन सकिएको देखिँदैन।
पूर्णबन्देज वा परिमाणात्मक बन्देज लगाइएका सामानबाहेक अन्य वस्तुको निकासी गर्न इजाजत चाहिने छैन। परिमाणात्मक बन्देज लगाइएका वस्तुको हकमा सोधखोज गरी निकासी इजाजतपत्र दिइनेछ। तर वैदेशिक मुद्राको कमी हुने अवस्थाले २०७८ माघपछि केही वस्तुमा आयातमा पूर्वप्रतीतपत्र लिन पर्ने गरिएका थियो। २०७९ वैशाखमा २०७९ असारसम्म १० वस्तुको आयात बन्द गरियो। तर २०७९ भदौसम्म गाडी, मोटरसाइकल, मदिरा र मोबाइल आयातमा मात्र आयात बन्द गरिएको छ।
व्यापारघाटा कम गर्न सरकार प्रयत्नशील
निर्यात प्रवद्र्धन कोष फलदायी बनाउने, प्रभावकारी निकासी विकास तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। त्यो भयो भनेमात्र निकासी प्रवद्र्धनमा सघाउ पुग्न जाने हुन्छ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १ सय ६४ देशबाट १९ खर्ब २१ अर्बभन्दा बढीको सामान आयात भएको छ। भारतबाट २०७८/०७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो। १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरका सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्र २०७८/०७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापारघाटा व्यहोरेको थियो।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। २०७८/०७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाखबराबरको आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजारबराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाखबराबरको व्यापारघाटा भयो। चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ। २०७८/०७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाखबराबरको स्वदेशी कल वस्तु निर्यात गरेको थियो। २०७७/०७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखको निर्यात गरेको थियो। २०७७/०७८ को तुलनामा २०७८/०७९ मा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएका देखिन्छ।
आयातको तुलनामा न्यून मात्रामा निर्यात हँुदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २३ प्रतिशतले व्यापारघाटा वृद्धि भएको देखिन्छ। २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २३ प्रतिशतले व्यापारघाटा वृद्धि भएको थियो। २०७८/०७९ मा देशको व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो। ७७/७८ मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाखबराबर थियो। २०७८/७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाखबराबरको वैदेशिक व्यापार गरेको थियो। तर २०७७/७८ को तुलनामा २६.१५ प्रतिशतले बढी छ। २०७७/७८ मा नेपाल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाखबराबरको वैदेशिक गरेको थियो।
कृषिप्रधान देशमा २ खर्ब ५० करोडको खाद्यान्न आयात हुन हीनताबोध भएको छ। २०७८/०७९ मा वार्षिक बजेटभन्दा झन्डै तीन खर्ब बढीको आयात, १७ खर्बको बढीको व्यापारघाटा देखिन्छ। एक वर्षको अवधिमा नेपालले १९ खर्ब २० अर्बको आयातको गरिएको छ। २०७८/७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्बको थियो। २०७८/०७९ मा व्यापारघाटा १७ खर्ब २० अर्बको छ। २०७८/०७९ मा नेपालले सबैभन्दा बढी इन्धनको आयातमा खर्च भएको छ। एक वर्षको अवधिमा नेपालले ३ खर्ब ८३ अर्बभन्दा बढीको इन्धन आयात गरेको छ। नेपालले इन्धनपछि सबैभन्दा बढी खाद्यान्न, फलामजन्य सामाग्री, इलेक्ट्रोनिक सामग्री आयात बढी छ।
व्यापारघाटा सबैभन्दा बढी भारतसँग भएको छ। नेपालले भारतबाट १२ खर्ब १५ करोडको सामान आयात गरेको छ। भारतबाट १२ खर्बभन्दा बढी सामान आयात हँुदा केवल ५५ अर्ब २२ करोडबराबरको सामानमात्र भारततर्फ निर्यात भएको छ। भारतमा मात्र १० खर्ब ४४ अर्ब ९३ करोडभन्दा बढीको व्यापारघाटा भारतसँग व्यहोरेको छ। भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोडको व्यापारघाटा छ। एक वर्षमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार छ। आव २०७७/०७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्यापार भएको थियो।
सबै देशसँग व्यापारघाटाको कुरा गर्ने हो भने २०६९/०७० मा ५ खर्ब ३६ अर्ब २३ करोड थियो भने १० वर्षपछि १७ खर्ब २० अर्ब ४१ करोड छ। २०७८/०७९ मा मात्र डिजेलमा १ खर्ब ६८ अर्ब २३ करोड, पेट्रोल ७१ अर्ब ३८ करोड र एलपी ग्यासमा ६५ अर्ब ५५ करोड व्यापारघाटा छ। नेपालको निर्यात व्यापार २ खर्ब ३० करोड पुगेको छ। निर्यात व्यापार २०७७/७८ मा तुलनात्मक रूपमा २०७८/०७९ मा ४१.७ प्रतिशतले बढेको छ। २०७८/०७९ मा निर्यात भएका वस्तुहरूमा प्रशोधन भटमासको तेल ४५ अर्ब ३५ करोड, प्रशोधन पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोडको, उनी गलैंचा र कार्पेट ७ अर्ब, तयारी कपडा ५ अर्ब ७६ करोडको छ।
चीनसँग नेपालको कुल इन्धनको ३० प्रतिशत २०७३ मा चीनसँग व्यापार तथा यातायात पारवहन सम्झौता भएको छ। नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ। २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भयो। २०७६/०७७ मा १ खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ। २०७५/०७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ। २०७६/०७७ मा १ अर्ब १९ करोडको नेपाली सामान चीन निर्यात भएको छ। व्यापारघाटा भएका देशमा इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया, मलेसिया, फ्रान्स र जापान आदि छन्। नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायत देश छन्। नेपालबाट चालू सात महिनामा मुख्य रूपमा चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोसाक, चाउचाउ, जुसलगायत वस्तु छन्। सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषादीयुक्त तरकारी, फलपूmल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल अर्थात् टीबीटी र एसपीएस माध्यमबाट आयात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ। यसका लागि हरेक प्रदेशमा प्रविधियुक्त नाका तोकिने बताइएको छ।
वैदेशिक व्यापारका सुधारका उपाय
देशको व्यापारघाटा कम गर्न र देशको निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारे पनि देशको व्यापारघाटा बढ्दै गएको छ। जसले सरकारको कार्यक्रम सफल भएको देखिन्न। निकासी बढ्न नसक्नु र आयात तीव्र गतिमा बढ्नु देशको व्यापारघाटा बढ्दै जानुमा कारक तŒव थियो। नेपालबाट निर्यात हुने केही हरेक वस्तुहरू अर्बमा र धेरैजसो आयातित वस्तुहरू खर्बौंमा आयात हुँदै आएकाले देशको व्यापारघाटा बढ्दै आएको थियो। नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुहरूमा कपडा, तयारी पोसाक, गलैंचा, अदुवा चिया, चाउचाउ, अलैंची आदि थिए।
अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैंचाको निकासी घटेको थियो। तर तयारी पोसाकको निर्यात बढेको थियो। कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैंची परेको थियो भने आयात वृद्धि भएका वस्तुमा पेट्रोलियम पदार्थ, गाडी र पार्टपुर्जाहरू मोबाइल सेट मुख्य थिए। वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाकलगायतको कुनै वर्ष निर्यात बढेको थियो भने जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचासहितको कुनै वर्ष निर्यात घटेको थियो। समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायत वस्तुका आयात बढेको छ।
तर कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी वेयर्स, खाने तेल, ब्याट्रीलगायत वस्तुको आयात घटे–बढेको छ। पशु आहार, तयारी पोसाक, पिना, वनस्पति घिउलगायतको वस्तुको निर्यात बढेको छ। तर जुस, अलैंची, उनी गलैंचा, पाइप, टुथपेस्टलगायतका वस्तुका निर्यात घटेको देखिन्छ। भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापारघाटा पनि बढेको देखिन्छ। करिब दुुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो। हरवर्षमा ३५ अर्ब रुपैयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ। नेपालमा इन्धनमात्रै बर्सेनि १ खर्ब ४० अर्बका खपत भइरहेको छ। बर्सेनि ३२ अर्बभन्दा बढीको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ।
नेपालमा बढी आयात भएका वस्तुमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा छन्। नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कार्पेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए। अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापारघाटा पनि बढेको देखिन्छ। निर्यात प्रवद्र्धन कोष फलदायी बनाउने, प्रभावकारी निकासी विकास तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने हो भनेमात्र निकासी प्रवद्र्धनमा सघाउ पुग्न जाने हुन्छ।
रेग्मी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुन्