सीमा क्षेत्रमा साना हतियार चुनौती

सीमा क्षेत्रमा साना हतियार चुनौती

धनगढी : मंगलबार बिहान करिब ३ बजेतिर सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारनजिकै गोली चल्यो। गोली लागेर धनगढी उपमहानगरपालिका–९ जुगेडाका प्रजापति विष्ट घाइते भए। उनको घरमा राखिएको अटोरिक्साको ब्याट्री चोर्न आएका ४/५ जना अपरिचित व्यक्तिहरूले गोली चलाएका हुन। विष्टको अवस्था सामान्य रहेको छ।

घाइते विष्टका अनुसार बिहानको समयमा अटोरिक्साको ब्याट्री निकालिरहेका ४/५ जनासँग मुठभेड भएपछि उनीहरूले गोली चलाएर भागेका हुन। कैलालीका प्रहरी प्रवक्ता बेदप्रसाद जोशी भने विष्ट मुठभेडका क्रममा घाइते भएको बताउँछन्। भन्छन्, ‘ब्याट्री चोर्न आए, विष्टका परिवारसँग मुठभेड भयो, गाउले गुहारेपछि उनीहरूले दुई राउन्ड गोली चलाएर भागेको देखिन्छ। घटनास्थलनजिकै २ राउण्ड नपडकिएका बुलेट पनि फेला परेका छन्।’

घटना भएको क्षेत्र भारतको सीमानजिकै पर्छ। कैलाली प्रहरीले सीमा क्षेत्रमा चोरीपैठारी गर्नेहरूले गोली चलाएको हुनसक्ने अनुमान गरेको छ। ‘सीमा क्षेत्रमा लुटपाट गर्ने गिरोह सक्रिय छ, चोरीनिकासी पनि बढिरहेको छ, गाउँलेहरूले घेरेर पक्रिने डरले उनीहरूले गोली चलाएर भागेको जस्तो देखिन्छ, एकजना पक्राउ गरि अनुसन्धान गरिरहेका छौं’, डीएसपी जोशीले भने।

कैलालीकै गोदावरी नगरपालिका–२ मा रहेको शसस्त्र प्रहरीको बाहिनी छेउमै अर्को गोलीकाण्ड भयो। घोडाघोडी नगरपालीकाको सुखड बजारमा सुनचाँदीको व्यवसाय गर्दै आएका २८ वर्षीय विकास सुनारमाथि अज्ञात समुहले गोली चलाएर ३० तोला सुन र २ लाख लुटपाट गरे।

घाइते सुनारको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। सशस्त्र प्रहरीको बाहिनीको बाहिरपट्टि भएको यस घटनाले साना हतियार सुरक्षामा चुनौती देखिएका छन। घटना भएको स्थानबाट डिएसपीको कमाण्डमा रहेको इलाका प्रहरी कार्यालय मालाखेती पनि २/३ सय मिटरको दूरीमा छ।

  •     तीन दिनमा दुई गोलीकाण्ड
  •     प्रदेशको राजधानी नै असुरक्षित
  •     अत्तरियाका सुन व्यवसायी प्रदर्शनमा

‘नेपाल प्रहरीको इलाका र सशस्त्र प्रहरीको बाहिनी छेउमै भएको यस घटनाले सुरक्षा चुनौती बढाएको छ। प्रहरीका लागि पनि यो घटना ‘च्यालेन्ज’ दिए जस्तै हो, प्रहरीको सक्रियता कम भएको भान भएको छ’ अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले भने।

विकास सुनारको अत्तरिया र सुखड गरी दुई ठाउँमा पसल छ। उनी कुनै दिन सुखड जान्छन् भने कुनै दिन अत्तरियाको पसलमा बस्छन। ‘बेलुका करिब ६ बजे पसल बन्द गरेर सुखडबाट अत्तरियातिर आए। करिब ६ बजेर २० मिनेटमा पूर्वबाट पश्चिमतर्फ एउटा सेतो कलरको अपाचे मोटरसाइकल (नम्बर नखुलेको) आयो। दुईजना चढेको मोटरसाईकलमा पछाडि बसेका ब्यक्तिले गोली चलाए। म ढलिहाले, अनी मेरो झोलामा रहेको ३० तोला बराबरको तयारी सुनको गहना र २ लाख नगद लुटेर लगे’ उपचारमा रहेका विकास सुनारले भने।

गोली प्रकरणपछि कैलालीको अत्तरिया र धनगढी क्षेत्रका जनता त्रसित भएका छन। अत्तरियाका सुनचाँदी व्यवसायीहरूले तीनदेखि पसल खोलेका छैनन भने मंगलबार उनीहरूले गोली चलाउनेहरूको खोजी र सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै प्रदर्शनसमेत गरेका छन्।

गोली चलेको घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म व्यवसायीहरू सुरक्षित नहुने सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए। उनले उक्त घटनापछि अरू व्यवसायीहरू पनि असुरक्षित रहेको दाबी गरे।

बढ्दै साना हतियारका घटना

कैलाली प्रहरीको तथ्यांकअनुसार हातहतियार खरखजानाका मुद्दाहरू बढी छन। जिल्ला प्रहरी कार्यालय कैलालीको तथयांकअनुसार २०७६/७७ मा ६ वटा, २०७७/७८ मा ५ वटा, २०७८/७९ मा ८ वटा र चालू आर्थिक वर्षमा १ वटा हातहतियार खरखजानासँग सम्बन्धित मुद्दा दर्ता भएका छन।

‘खुला सीमाना छ, चोरी सिकारी बढीरहेको छ। सीमा क्षेत्रमा (भारत तीर) सहजै साना हतियार पाउन सक्ने अवस्था छ, यसले सुरक्षा चुनौती भने थपेको छ’, कैलालीका प्रहरी प्रवक्ता वेद प्रसाद जोशीले भने। उनले तीन दिनमा भएका दुई गोलीकाण्डका घटनाका लागि प्रहरी पनि चिन्तित रहेको बताए।

‘हामीले प्रदेश अनुसन्धान ब्युरो (आरआईटी) र जिल्ला प्रहरीको टोली यी दुबै घटनाको अनुसन्धानमा खटाएका छौं, उनीहरू छिट्टै पक्राउ पर्नेछन्,’ डिएसपी जोशीले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.