बिहारमा चिम्नी विष्फोटमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

बिहारमा चिम्नी विष्फोटमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

वीरगन्ज : नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको रामगढवामा शुक्रबार साँझ भएको  चिम्नी विष्फोटमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

 
बिहारको रामगढवा थानाअन्तर्गत पर्ने नरिरगिरस्थित इँट्टा भट्टमा शुक्रबार साँझ इँट्टा पोल्न चिम्नीमा आगो बाल्ने क्रममा अचानक चिम्नी विष्फोट भएको थियो ।

चिम्नी विष्फोट भएकै दिन ७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा आइतबार बिहान र शनिबार बेलुकी गरी थप २ जनाको मृत्यु भएको हो ।

पटनाको अस्पतालमा उपचारका क्रममा आइतबार बिहान इँट्टा भट्टाका सञ्चालक नुरुल हकको र मोतिहारीको अस्पतालमा शनिबार बेलुकी मजदुर अनिल महतोको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विष्फोटमा परि घाइते भएका ७ जनाको उपचार जारी छ। रक्सौलको अस्पतालमा ५ जनाको र पटनाको अस्पतालमा २ जनाको उपचार भइरहेको रक्सौलका पत्रकार दिपक अग्निरथले जानकारी दिए । ती मध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनले बताए ।

यसैबीच मृतकका परिवारलाई भारतको केन्द्र सरकार र राज्य सरकारले जनही ६/६ लाख भारु राहतका रुपमा दिने घोषणा गरेका छन् । घाइतेहरुको उपचार खर्च पनि भारतीय सरकारले नै व्यहोर्ने जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.