भारतमा कोरोनाविरुद्ध उच्चसतर्कता, एकैदिन १ लाख बढीले लगाए खोप
नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार योसँगै भारतमा कोरोना सक्रिय संक्रमितको संख्या ३४२४ पुगेको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। सोही अवधिमा १८६ जना कोरोनामुक्त भएका छन्।
यस्तै एकदिनमा एक लाख पाँच हजारभन्दा मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। योसँगै भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० करोड बढि पुगेको छ।
चीनमा कोरोनाको नयाँ भेरियन्ट बीएफ ७ देखिएसँगै भारतमा उच्च सतर्कता अपनाउन थालिएको छ।
चीन,जापान,ब्राजील र दक्षिण कोरियामा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ।