कर्णालीका सांसदलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ गराउने

कर्णालीका सांसदलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ गराउने

सुर्खेत: कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथग्रहण गराउने भएका छन्। दैलेखको ठाँटीकाँध गाउँपालिका-१ कोसेडीका ६६ वर्षीय शाह दैलेख-२, प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए। निर्वाचन आयोगका अनुसार उनको जन्ममिति ०१३ वैशाख ४ गते हो।
  
नवनिर्वाचित सांसदको शपथ भोलि पुस ११ गते सोमबार तय भएको छ। कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदलाई शपथ खुवाउने छन्। शाह नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्ष हुन्।

 
प्रदेश सभा सचिवालयका अनुसार सांसदको शपथ सोमबार दिउँसो ३ बजे हुनेछ । त्यसअघि बिहान साढे ११ बजे शाहको शपथ प्रदेश प्रमुख तिलक परियारबाट हुनेछ। प्रदेश सभा सचिवालयका प्रमुखसचिव जीवराज बुढाथोकीका अनुसार शपथका लागि सांसदले निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्यको प्रमाण-पत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित १ बजे नै प्रदेश सभाको कार्यालयमा उपस्थित हुनुपर्ने छ।
 
शपथ ग्रहण कार्यक्रमका लागि सांसदलाई राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन् प्रदेश सभा सचिवालयले अनुरोध गरेको छ। बुढाथोकीका अनुसार प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको आफनो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेश सभा सदस्य निर्वाचन ऐन (२०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको थियो। तर आइतबारसम्म कुनैपनि सांसदहरुले जानकारी गराएका छैनन् ।

कर्णाली प्रदेश सभा ४० सदस्यीय छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.