विद्युत् आयोजनाका कारण सुख्खा बन्दै लिखु किनार

विद्युत् आयोजनाका कारण सुख्खा बन्दै लिखु किनार

ओखलढुंगा : ओखलढुंगा र रामेछापको सिमानामा रहेको लिखु नदीबाट उत्पादित २८ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजना (लिखु थर्ड) ले अधिकतम पानी सुरुङमार्गबाट कटाएर लगेपछि किसान मारमा परेका छन्। 

ओखलढुंगातर्फ पर्ने लिखु गाउँपालिकाको ४, ५, ९ र ८ वडाका सयौं किसानका खेतहरू बाँझो भएका छन्।

गत असोजदेखि सञ्चालनमा आएको विद्युत आयोजनाले हिउँद लागेसँगै अधिकतम पानी कटौति गरेपछि लिखु नदीबाट सिँचाइ गरिएका कुलोहरू सबै बन्द भएका हुन्। 

कम्तिमा १० प्रतिशत पानी विद्युत आयोजनाले नदीमा छाड्नुपर्ने व्यवस्था भएपनि नछाडेर सबै पानी ड्यामबाट लगेको स्थानीयको आरोप छ। 'हिउँदमा समेत बस तथा ट्रक पुलबाटै तर्थे, अहिले त कुलोमा सिँचाइ गर्ने पानी समेत छैन', स्थानीय शान्तिराम भट्टराईले भने।  

विद्युत् आयोजनाको लापरवाहीका कारण लिखु किनारका खेतमा समेत सिँचाइका लागि समस्या हुने देखिएको छ। 
‘सुरुमा कुलोबाट पानी जाने हामी नै बनाउँछौं भनेर भनेका थिए। लिखु गाउँपालिका-८ का वडाध्यक्ष पुरुषोत्तम पौडेलले भने, ‘अहिले कुलोमाथि भयो। नदीमा पानी नभएपछि अलिअलि बगेको पानी मुनि भएपछि कुनैपनि कुलोबाट सिँचाई गर्न नसकिने भयो।’ 

करिब पाँच किलोमिटर दूरीमा पानी नरहेपछि किसानहरूको जमिन मरुभूमि बनेको उनले बताए। लिखु नदीमा पानी नभएपछि लिखु गाउँपालिकाको केन्द्र यसमा प्रयोग गर्दै आएको लिखु ४ र ५ मा उत्पादित माइक्रोहाइड्रो समेत बन्द भएको छ। 

माइक्रोहाइड्रो बन्द भएपछि कार्यालयको कामकाज एक सातादेखि ठप्प भएको छ। योजना सम्झौता हुन सकेको छैन। भुक्तानी रोकिएका छन्।

यदि जलविद्युत आयोजनाले नियम अनुसारको पानी नछाड्ने हो भने स्थानीय आन्दोलन गर्ने गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बताइन्। 

उनले आयोजना कार्यालयमै गएर कर्पोरेट सोसियल रेस्पोन्ससिविलिटी अन्तर्गतको बजेट कस्ले, कहाँ, कसरी खर्च भएको छ भनेर विवरण मागेको बताइन्। 

त्यस्तो कोषको रकम दलका नेता तथा अगुवाहरूले लिएको गुनासो छ। उपाध्यक्ष थापाले भनिन् 'सबै विवरण मागिएको छ, त्यसको अध्ययन गरेर उक्त रकम तथा अन्य गैर कानुनी काम भएको भएमा परियोजनालाई जिम्मेवार बनाइन्छ।'

गाउँपालिका अध्यक्ष अशोक कार्की पनि यसबारे चासो लिएको बताउँछन्। उनका अनुसार लिखुमा कमिला वारपार गर्नेगरि पानी सुकेको छ। गाउँपालिका अध्यक्ष कार्कीले भने, ‘माइक्रोहाइड्रो चल्ने पानी छैन। केन्द्रीय विद्युत जोड्न पहल गरिरहेका छौँ। त्यो अझै १५ दिन जति लाग्ला जस्तो छ। त्यतिन्जेललाई पालिकामा समस्या भयो।’

तल्लो लिखु जलविद्युत आयोजनाका सञ्चालक कम्पनी स्वेत गंगा हाइड्रोपावर कम्पनीले भने आरोप अस्वीकार गरेको छ। 
कम्पनीको वातावरण विभाग प्रमुख रवीन्द्र तिमल्सिनाले १० प्रतिशत पानी छोडिरहेको बताए। 

‘हामीले जति छाड्नुपर्ने पानी छोडेकै छौँ। सबै कुलोहरूबाट पानी सिँचाइका लागि पुगिरहेको छ’ उनले भने, ‘केही व्यवस्थापनका कामहरू गर्न बाँकी रहेको अवश्य हो। तर हामीले पानी सुकाएका छैनौँ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.