अर्घाखाँचीमा २७ करोडको सुन्तला

अर्घाखाँचीमा २७ करोडको सुन्तला

सन्धिखर्क : अर्घाखाँचीमा यस वर्ष २७ करोडको सुन्तला फलेको छ। जिल्लाको ४ सय ९४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ५ हजार ३ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ।  जिल्लाभरमा यो वर्ष करिब २७ करोड मूल्यको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख राममिलनप्रसाद विश्वकर्माले बताए। गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादन बढी भएको हो।

अर्घाखाँचीको पाणिनि गाउँपालिकाको वडा नम्बर १ पणेना, वडा नम्बर २ पोखराथोक, वडा नम्बर ४ पटौटी र वडा नम्बर ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्छ। पाणिनी गाउँपालिका सँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरू पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। सुन्तला खेतीबाट मनग्य आम्दानी भएपछि कृषकहरू खुसी भएका छन्।

चिस्यान केन्द्र बनेपछि अर्घाखाँचीको पणेनाका सुन्तला कृषकहरू हर्षित बनेका छन्। विगतका वर्षहरूमा यहाँ उत्पादन भएको सुन्तला किलोको ६० रुपैयाँदेखि ६५ रुपैयाँमा  बुटबल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्न बाध्य बनेका कृषकहरू यस बर्ष पाणिनीको पोखराथोकमा शीतभण्डार बनाएपछि शीतभण्डारमा भण्डारण गरेका छन्। अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बेमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषकहरू खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलले बताए। विगतका वर्षमा सडेर तथा नष्ट भएर जाने सुन्तला यसपालि कोल्ड स्टोरमा राखेर अफ सिजनमा महँगो मूल्यमा बिक्री गर्ने यहाँका कृषकको योजना रहेको कृषक पौडेलले बताए।  

पाणिनी गाउँपालिका १ सिम्लेमा मात्र एक गाउँमा ४९ घर कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन। उनीहरूले सबैले सुन्ताल बेचेर कम्तीमा ३ लाखदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन। 
यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए। उनले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तला रहेको र यसबाट २ सय ५० क्वीन्टलभन्दा बढी फलेको बताए। उनले यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने बताए।

सिम्लेमा मात्र एक गाउँमा ४९ घर कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरूले सबैले सुन्ताल बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छन्। आफ्नो बारीमा ५ सय ६५ बोट सुन्तला रहेको कृषक दधिराम गौतमले बताए।  गत बर्ष सुन्तला बिक्रीबाट आफूले ९ लाख रुपैयाँ आम्दानी गरेको र यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ। 

सिम्लेमा  बैदेसिक रोजगारीमा गएका युवाहरू पनि रोजगारीबाट फर्किएर व्व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। व्यावसायिक सुन्तला खेतीमा लागेका सिम्लेका हरि पौडेलको बगैंचामा झन्डै ५ सय सुन्तलाका रूख रहेका छन्। ती रूखहरूबाट वार्षिक १० देखि १२  लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए।  यस वर्ष शीत भण्डारमा राखेको हुँदा बढी फाइदा हुने उनको विश्वास छ। 

सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुबाको नर्सरी राखी  बिरुवाहरू बेचेर पनि सिम्लेका कृषक रेवतीराज पौडेलले वार्षिक  २८ लाख रुपैयाँ कमाउँछन्। उनको बगैंचामा अहिले सुन्तला, कागती, जुनार इन्डियन किन्नु जातको सुन्तला, जापनिज उन्सु जातको सुन्तलाका बिरुवा छन्। गएको वर्षमात्र पाँच लाखको बिरुबाहरू बिक्री गरेको र यो वर्ष झन्डै ५ लाख रुपैयाँ सुन्तला जातका  बिरुबाहरू बिक्री गरेर आम्दानी हुने बताए। 

भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असब्य शब्द सुनेका कारण  भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका  सिम्लेका  ७७ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल भएका छन्।

२०२७ सालमा भारतमा जागिर गर्दै गर्दा भारतीयले नेपालीहरू प्रती गरेको घृणाको बचन सहन नसकि जागिर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गरेको बताउँछन्। 

उनी आफू मात्र सुन्तला लगाएनन्। सारा गाँउका मानीसहरूलाई नै सुन्तला खेती गर्न प्रेरित गर्ने अभियानका साथ आफैं डोकोमा बोकर घरघरमा सुन्तलाका बिरुवा पुर्‍याए।  पैसा हुनेलाई बिरुवा पैसोमा बेचे नहुनेसँग श्रम साटे भने कसैसँगबाट अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गरेको उनले बताए । 

उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको र आफ्नो परिवारलाई मस्तीले खान लाउन पुगेको बताए। अहिले सुन्तला राम्रो फलेकाले २५ लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ। उनको सुन्तला बगैंचामा अहिले झन्डै साढे ५ सय सुन्तलाका बिरुवा छन्। बारी, खेत, खर्क सबैमा सुन्तलाको बगैंचा छ। 

एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पाणिनि गाउँपालिकाको वडा नम्बर १ पणेना र वडा नम्बर २ पोखराथोकको प्रमुख उत्पादनको स्रोत बनेको  छ। पणेनामा २ सय र  वाड न १ सिम्लेमामात्रै  झन्डै ४९ जना कृषकले अहिले सुन्तला खेतीबाट घटीमा १ लाखदेखि बढीमा २८ लाखसम्म मनग्य आम्दानी गरिरहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.