दोलखामा राष्ट्रिय पोल्ट्रि दिवसमा अण्डा वितरण गरिने
दोलखा : दोलखामा राष्ट्रिय पोल्ट्रि दिवसको अवसरमा अण्डा वितरण गरिने भएको छ।
भेटेनरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै दिवसलाई साताव्यापी मनाउने र पुस १३ गते गर्भवती, कुपोषण र पुड्कोपना भएका बालबालिकालाई अण्डा वितरण गर्ने जनाएको हो।
पुस १२ गते सामूदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रमसहित दोलखाको बैतेश्वर-४ को हनुमन्तेश्वर माविका विद्यार्थीलाई २ देखि ४ बजेभित्र अण्डा खुवाउने कार्यक्रम रहेको सूचना अधिकारी डा. ध्रुव डिसीले बताए।
यसैबीच पोल्ट्रीजन्य उत्पादनको उपभोग र महत्वका बारेमा जानकारी जनचेतना फैलाउने, कृषकलाई पोल्टी व्यवसायको बारेमा जानकारी दिने, श्रमिक बजारमा श्रमिकहरुलाइ अण्डाको परिकार वितरण गर्ने लगायतका कार्यक्रम राखिएका छन्।
प्रतिक्रिया दिनुहोस !
५