चीनले राख्यो कोरोनाको नयाँ नाम 'नोवल कोरोना भाइरस इन्फेक्सन'
बेइजिङ : चीनले कोरोनाको नामलाई परिवर्तन गर्ने भएको छ।
सोमबार चिनियाँ स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार चीनले प्रयोग गर्दै आएको 'नोवल कोरोना भाइरस निमोनिया' शब्द परिवर्तन गरी 'नोवल कोरोना भाइरस इन्फेक्सन' राख्ने निर्णय गरेको छ।
साथै कोभिड व्यवस्थापनलाई जनवरी ८ देखि 'ए' श्रेणीबाट 'बि' मा झार्ने निर्णय भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। यसको अर्थ अब संक्रमितलाई आइसोलेसनमा नराखिने र उनीहरूसँग नजिकमा आएकालाई ट्रयाक नगरिने भन्ने हो।