जोगाउँदै मगर संस्कृति

जोगाउँदै मगर संस्कृति

तानसेन : पाल्पाका स्थानीय तह हराउँदै मौलिक संस्कृति संरक्षणमा जुटेका छन्। जिल्लामा करिब ५५ प्रतिशत मगरको बसोवास छ। मगरको भाषा र संस्कृति नयाँ पुस्तामा कम रूपान्तरण भएको छ। रैनादेवीछहरा गाउँपालिकाले मगर संस्कृतिको जगेर्नाका लागि काम थालेको छ। मगरको परम्परागत कला संस्कृति दिनहुँ हराउँदै गएपछि जर्गेनाको अभियान थालेको गाउँपालिकाले जनाएको छ।

मगर समुदायमा एउटै व्यक्तिबाट गाउने, बजाउने र नाँच्ने अभ्यास परम्परादेखि नै चल्दै आएका थिए। गाउँघरका कुरा, माया पिरतीलाई आधार बनाएर गाउने, नाँच्ने, कला संस्कृतिलाई जोगाउन पाका पुस्ता अगाडि सरेका छन्।

रैनादेवी छहरा गाउँपालिकाले गाउँस्तरमा हुने मेला महोत्सवमा मगरी कला संस्कृतिको जर्गेनाको अभियान चलाएको छ। विद्यालयका वार्षिकोत्सव, विभिन्न किसिमका कार्यक्रम, विवाह ब्रतवन्ध, भोजभतेरमा स्थानीय स्तरका पञ्चेवाजा मारुनी, ठूलो नाच, सोरठी नाच गरेर स्थानीय कला संस्कृति जर्गेना अभियान चालिएको हो। गाउँपालिकाभरिका मगरी कला संस्कृति जगाउन न्वागी पर्वको अवसरमा रैनादेवी मन्दिर क्षेत्रमा प्रतियोगिता अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले बताए। गाउँपालिकाको प्रत्येक वडामा मगरी कला संस्कृतिको प्रभावलाई व्यवस्थित गर्ने, जोगाउने, काममा पालिकाले नीति र कार्यक्रम बनाएर वडा वडामा बजेट विनियोजन गरेको अध्यक्ष भट्टराईले बताए।

बाउबाजेको पाला पनि सर्वश्रेष्ठ ठहरिएका परम्परागत मारुनी, ठूलो नाच, भैली नाच, सोरठी जस्ता नाँचहरू आज पनि युवापुस्तादेखि विदेशीको मन मस्तिष्कमा छाप छोड्न सफल छन्। ठूलो नाच, भैली नाच, सोरठी सालैजो जस्ता गीत गाउँदै मादल ठोक्दै गुन्यु र चोलो र टोपीको पहिरन फूल माला लगाएर गरिएको नृत्यको दृश्य हेर्दा जो कोहीलाई नाचुनाचु जस्तो उत्साह बनाउँछ। रैनादेवी भुवनपोखरी क्षेत्रमा मगरी कला संस्कृतिले धनी रहेकाले, उनीहरूको पहिचानलाई स्थापित गर्न, परम्परागत कला संस्कृतिबाटै आयआर्जन बढाउने गरी वडा कार्यालयले पहिलो प्राथमिकता साथ जर्गेना अभियान थालेको रैनादेवी छहरा गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप पौडेलले बताए। विद्यालयमा हुने बार्षिकोत्सव, वडामा हुने मेला महोत्सवमा लोप हुन लागेका स्थानीय कला संस्कृतिलाई अनिवार्य सहभागिता गराउने गरी अभियान सुरु गरेको वडा अध्यक्ष पौडेलले बताए।

पाल्पा मगरी कला संस्कृतिमा धनी रहेता पनि पछिल्लो समय युवाहरू गाउँ छोड्ने रोजगारीका लागि सहर बजार, विदेशिने कारण पाका पुस्ताबाट युवा पुस्तामा मौलिक कला संस्कृति पूर्णरूपमा हस्तान्तरण हुन सकेको छैन। मगरी कला संस्कृति जर्गेना गर्न पछिल्लो समय स्थानीयवासीको आवाजलाई पालिकास्तरबाट सम्बोधन हुन थालेको छ। वडा तथा पालिकाबाटै बजेट विनियोजन गरी परम्परागत कला संस्कृति जर्गेनाको प्रयासले स्थानीयवासीहरू उत्साहित भएको, मगरी कला संस्कृति जर्गेनामा टेवा पुगेको स्थानीय संस्कृतिकर्मी विशाल दर्लामीले बताए। गाउँपालिको वडा नंं १ सिद्धेश्वर, सोमादी, भुवनपोखरी, जुठापौवा, बल्ढेङगढी र सत्यवतीमा मगरहरूको बाहुल्यता भएको क्षेत्र भएकोले मगरी कला संस्कृति जोगाउन यस क्षेत्रलाई पालिकाबाट सहयोग भएको पाका पुस्ताबाट युवा पुस्तामा कला संस्कृति हस्तान्तरणको अभियान चलेको दर्लामी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.