पहिरोले ८० भन्दा बढी घर जोखिममा
दोलखा: दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्वुको मानेडाँडा/छम्माडाँडाका ८० भन्दा बढी घर पहिरोको जोखिममा परेका छन्। साविकको मार्वु गाविस वडा नम्बर ४ र ५ क्षेत्रमा गएको पहिरोले जोखिम बढाएको स्थानीयको भनाइ छ।
दुई वर्ष अघिदेखि खसिरहेको पहिरो नियन्त्रण गर्न उचित पहल नहुँदा सिंगो गाउँ नै जोखिममा पेको स्थानीय निमा तेम्बा शेर्पाले बताए। उनले भने, 'अहिले पनि पहिरो खसिरहेकै छ। पहिरो नजिकै ठाडो च्याङमार्के खोला रहेकोले वर्षायाममा थप जोखिम हुन्छ। अहिलेको पहिरो १० मिटर जतिमात्र बढ्यो भने पनि ८० भन्दा बढी घर धुरीका मानिसलाई स्थानान्तरणको विकल्प नहरेको शेर्पाको भनाइ छ।
पहिरोका कारण नजिकैको झोलुङ्गे पुल जोखिममा छ। जसले साविक मार्वुको वडा नम्बर ३ र ४ का मानिसलाई आवतजावतमा समस्या छ। धेरै मार विद्यार्थीलाई छ।
पहिरो नियन्त्रको प्रयास भइरहेको बताउँदै गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले वडाको मात्र पहलले सम्भव नहुने भएकाले संघीय सरकारको सहयोग चाहिने बताए।
०७७ सालमा गएको पहिरो नियन्त्रणमा विगतको स्थानीय सरकारले खासै पहल नगरेको उल्लेख गर्दै वडा अध्यक्ष सोनाम शेर्पाले भने, 'हामी निर्वाचित भएर आएपछि भूसंरक्षण लगायतका निकायसँग पहल गरिरहेका छौँ।'