बागलुङ केन्द्रविन्दु भएर तीन ठूला भूकम्पको धक्का
बागलुङ : बागलुङमा मध्यरातमा भूकम्पका तीनवटा ठूला झट्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर मध्यरातमा तीन पटक भूकम्प गएको हो ।
केन्द्रका अनुसार बागलुङको अधिकारीचौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिूटको भूकम्प गएको थियो । यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ ।
तेस्रोपटक बिहान ३ बजेर २८ मिनेटमा अधिकारीचौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पको झट्का जिल्लाभर नै महशुस गरिएको थियो ।