अमेरिकामा चिसोले ६३ जनाको मृत्यु

अमेरिकामा चिसोले ६३ जनाको मृत्यु

वासिङटन डिसी : ‘शताब्दी कै विनासकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको बीबीसी समाचारमा उल्लेख गरिएको छ। 

न्युयोर्क सहर बफेलोमा मात्र मृत्यु हुनेको संख्या २८ पुगेको छ। त्यहाँका हजारौं मानिस  विजुलीविहीन भएका छन्। प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने, 'उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ । यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो । आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ ।'

हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ। हजारौँको बाटौमा अलपत्र परेका छन्।

न्युयोर्क राज्यमा अधिकारीहरूले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा छन् ।

तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ ।

अमेरिकामा एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्र बनेको छ । शहरका धेरै भागमा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ ।

विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सोमबार पछि होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा गर्नुभएको र न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले ‘संघीय सरकारको पूर्ण शक्ति’ परिचालनको प्रस्ताव गरेका थिए। राष्ट्रपतिले बाइडेनले सहयोगको प्रतिवद्धतासहित आँधीमा आफ्ना प्रियजनहरूको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन्।'

बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.