आसाममा चितुवाको आक्रमण : वनका ३ कर्मचारी सहित १३ जना घाइते
नयाँ दिल्ली : भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्।
जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्।
उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।'
घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी मीनाले बताए । चिकित्सकका अनुसार घाइते सबै खतरामुक्त छन् । बीबीसी