रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो

रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो

जनकपुरधाम : जनकपुरधाम–जयनगर रेलले किचेर मृत्यु हुनेको पहिचान खुलेको छ।  जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर नगराइन नगरपालिकाका पुरन सदाको मृत्युको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक व्यक्तिलाई किचेको हो। रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर मृत्यु भएको प्रहरीले बताएको  छ। 

रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लिकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.