कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता

कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता

वीरगञ्ज: कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ। वीरगञ्ज महानगरपालिकाकाले नाकामा सञ्चालन गरेको हेल्थ डेस्कको अनुगमनलाई पनि कडा गरेको छ।

नगरप्रमुख राजेशमान सिंहले इनरुवाको हेल्थ डेस्क निरीक्षण गर्दै भारतमा फैलिँदै गएको कोभिड नेपालमा भित्रिन नदिने सतर्कता अपनाउनुपर्ने बताए। उनले भारतबाट नेपाल आउनेलाई अनिवार्च चेकजाँच गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी महानगरले व्यवस्था मिलाएको पनि उनले बताए।

हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.