मधेसमा गोविन्द न्यौपानेले सांसदहरूलाई सपथ खुवाउने

मधेसमा गोविन्द न्यौपानेले सांसदहरूलाई सपथ खुवाउने

जनकपुरधाम : मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनियताको सपथ लिने भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो २ बजे सपथ खुवाउन लागेका हुन्। सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरीको ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले सपथ गराउने छन्। 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने उनले बताए।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम सपथ लिनुपर्ने व्यवस्था छ। यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.