सांकेतिक भाषा सहज नहुँदा बहिरा व्यक्ति समस्यामा

सांकेतिक भाषा सहज नहुँदा बहिरा व्यक्ति समस्यामा

काठमाडौं : सुनाईसम्बन्धी अपांगता भएका बहिरा व्यक्तिहरू सांकेतिक भाषाको अभावमा समस्यामा पर्ने गरेका छन्। सेवा प्रदायक संघसंस्थाको सेवा लिन जादा होस या सरकारी कार्यालयको सेवा लिन जाँदा होस् वा बिरामी भएर अस्पताल जाँदा नै किन नहोस् सही सूचनाको अभावमा समस्यामा पर्ने गरेका हुन्।

राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा अपांगता भएका व्यक्तिको अधिकारका लागि राज्यको सूचनामा सही पहुँच नपुगेको बताइएको थियो।

राष्ट्रिय बहिरा महासंघका महासचिव सन्तोष केसीका अनुसार महांसघले अपांगता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचको अवस्था सम्बन्धमा विभिन्न २२ वटा सरकारी कार्यालयमा लेखाजोखा तथा अनुसन्धान गरेको थियो।

अनुसनधानका क्रममा केही सरकारी कार्यालय अपांगतामैत्री बनाउने कोसिस गरिएको भए पनि पूर्ण अपांगता मैत्री नभएको पत्ता लागेको थियो। यसका साथै बहिरा समुदायका व्यक्तिले सही सूचना र कुराकानी गर्नका लागि सांकेतिक भाषाका बुझ्ने दोभाषे नभएको पत्ता लागेको थियो।

महासंघका अध्यक्ष केपी अधिकारी भन्छन्, 'सरकारी कार्यालयमा दोभाषे तत्कालै नियुक्ति गर्नुपर्ने जरुरी देखिएको छ। दोभाषेको अभाव तथा सांकेतिक भाषा बुझ्ने व्यक्तिको अभावमा अस्पताल जाँदासमेत यस्ता व्यक्तिले रोगको बारेमा स्पष्ट बताउने सक्ने अवस्था छैन।

कार्यक्रममा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व थियो। यसका साथै मानवअधिकार आयोग, अदालत, नेपाल प्रहरी, अस्पतालजस्ता क्षेत्रमा अपांगता भएका व्यक्तिको सहजताका लागि के कस्ता व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागी भएका अधिकांशले अपांगता भएका समुदायको हकहितका लागी राम्रो नीति भएको बताउँदै कार्यान्वयनको पाटो निकै कमजोर रहेको जानकारी दिएका थिए। उनीहरुका अनुसार बहिरा व्यक्तिले पढ्ने स्कुल पनि देशभरिका सबैलाई उपलब्ध हुन नसकेको र पाठ्यक्रम पनि खास प्रभावकारी नभएको बताएका थिए।

पाठ्यक्रम सैद्धान्तिकभन्दा चित्रात्मक र व्यावहारिक हुनुपर्नेमा जोड दिएका थिए। बहिरा भएका व्यक्तिले बोल्ने सांकेतिक भाषा सबैले बुझ्न जरुरी भएकाले घर समाज तथा परिवारमा सहज तरिकाले बुझ्ने र बुझाउने हुनु आवस्यक भएको बताएका थिए।

राष्टिय समाचार माध्यममा सांकेतिक भाषाका समाचार आउने गरेको भए पनि प्रभावकारी नभएको सहभागीले बताएका थिए। समाचार भन्नेको चित्र ठूलो साइजमा आउने र सांकेतिक भाषाको चित्र सानो साइजमा आउने भएकाले हेर्न र बुझ्न समस्या भएको बताएका थिए।

पहुँचयुक्त सूचना तथा सञ्चारसम्बन्धी अवस्थाको विषयमा राष्ट्रिय अपांग महासंगका पूर्व महासचिव राजु बस्नेतले एक रिपोर्ट प्रस्तुत गरेका थिए। बस्नेतका अनुसार सरकारी कार्यालयलाई अपांगमैत्री बनाउनका लागि मूल ढोकाभित्र सूचना राखिनुपर्ने, कार्यालयको भुई चिप्लो भएकाले ह्वीलचियर गुडाउने तथा व्रेललिपी चलाउनेहरू चिप्लने भएकाले खस्रो भुई बनाउने पर्ने सुझाव छ। यसका साथै प्राकृतिक प्रकोपसम्बन्धी जानकारी तथा स्वास्थ्यसम्बन्धी जानकारीलाई प्रभावकारी बनाउन सबै प्रकारका अपांगमैत्री हुनेगरी सूचना जारी गर्न आवस्यक छ।

सरकारले ऐन कानुन बनाउदा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागीता नभएको बताउँदै बस्नेतले नीतिगत व्यवस्था कार्यान्वयनको लागि अपांगता भएका व्यक्तिको सहज सहभागीता हुनुपर्नेमा जोड दिए। यसका साथै नेपालमा सांकेतिक भाषाको पाठ्यक्रम अभाव भएकाले सांकेतिक भाषा अनुसन्धान केन्द्को स्थापना र विकास गरिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.