कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आह्वान
दैलेख : कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरिएको हो।
बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालका प्रथम अधिवेशन आह्वान गर्न सिफारिस भई आए अनुसार प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिकामा अध्यक्षता गर्ने छन्।
प्रतिक्रिया दिनुहोस !
५