कम्बोडिया–थाइल्याण्ड सीमाको  होटलमा आगलागी, १० जनाको मृत्यु

कम्बोडिया–थाइल्याण्ड सीमाको  होटलमा आगलागी, १० जनाको मृत्यु

कम्बोडिया : कम्बोडियाको एक होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल-क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ।

 होटलमा आगलागी बुधबार दिउँसो ४ : ३० बजे भएको हो । प्रहरीका अनुसार त्यसबेला होटलमा करिब चार सय मानिस उपस्थित थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसहरू माथिल्लो तलाबाट हाम फालेको वा खसेको देखिन्छ। स्थानीय मिडियाका अनुसार होटलमा थाइल्याण्डका धेरै मानिसहरु उपस्थित थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

थाई विदेश मन्त्रालयका एक अधिकारीले केही घाइतेहरूलाई थाइल्याण्डको साओ प्रान्तको अस्पतालमा लगिएको बताए। पोइपेट शहर दुई देशबीचको महत्वपूर्ण सीमा क्षेत्र हो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.