डीएसपी ठगबहादुर केसी निलम्बित

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं : इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन्।  ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले गृहमन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय गरेको अन्नपूर्णलाई जानकारी दिए।

उनले भने,'  प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो। आज केसीलाई गृहले निलम्बन गरेको हो। उनीमाथि थप अनुसन्धान हुनेछ।'

मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई जिम्मेवारीबाट हटाइएको हो।

बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी केसी पक्राउ परेका थिए।

सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। 

उनको साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.