मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित
जनकपुरधाम : नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।
कृष्णले १८ मत प्राप्त गरे भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए। प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन्।
यसअघि संसदीय दलको नेतामा रामासरोज यादव थिए। आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो।
दुवै जना यसअघि प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्दा पनि कृष्ण नै विजय भएका थिए।