भक्तपुरमा हावाबाट बिजुली उत्पादन

भक्तपुरमा हावाबाट बिजुली उत्पादन

भक्तपुर  : भक्तपुरमा हावाबाट बिजुली निकालिने भएको छ । जापानीजहरुले गरेको अनुसन्धानको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा हावाबाट बिजुली निकालिन लागेको हो । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) आवश्यक सम्पूर्ण सामग्रीहरु बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । 

भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) को भवनको छतमा यो प्रविधि जडान गर्न खोजिएको हो । कार्यक्रममा जेइएसएका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई आवश्यक सम्पूर्ण सामग्रीहरु हस्तान्तरण गरे । 

कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई प्रेरणा दिइ उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेजको भवनमा र कलेजसँग सम्वन्वय गरी यो कार्य गरिएको कार्यक्रममा जनाइयो । साथै विद्यार्थीलाई पनि यस प्रविधिकोबारेमा जानकारी गराई थप अनुसन्धानमा सहयोग गराउने उद्देश्यका साथ यसो गरिएको कार्यक्रममा जनाइयो । 

यसका लागि संस्था र कलेजबीच एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ र जापानको जेइएसए संस्थाका इन्जिनियरिङ एडभाइजर इटसयू किरिहाराले हस्ताक्षर गरेका छन् । 

उपलब्ध सामानहरु जोडेर केही दिनभित्रै बिजुली निकालिने कलेजले जनाएको छ । यस अनुसन्धानबारे विद्यार्थीलाई पनि कक्षामा अभ्यास गराइने कलेजले जनाएको छ । 
जनाइए अनुसार कलेज भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । 

त्यसपछि त्यसको बेगबाट बिजुली स्टोर हुनेछ । त्यही स्टोर भएको बिजुलीबाट आवश्यकता अनुसार बिजुलीको प्रयोग गरिनेछ । जनाइ अनुसार यसबाट पाँच सय वाटको बिजुली उत्पादन हुने छ ।

जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनका अनुसार यो डेमोको रुपमा मात्रै राख्न लागिएको हो । हावाबाट पनि बिजुली उत्पादन सम्भव छ र यसै प्रविधिबाट नेपालमा पनि बिजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा गर्न खोजिएको जनाइएको छ । 

नेपालका विभिन्न ठाउँहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि बढाउन यसो गरिएको जनाइएको छ । नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ ।

यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रुपमा बिजुली निकाल्न नसकिएको जनाइएको छ ।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.