दोलखाका व्यवसायी आन्दोलित

दोलखाका व्यवसायी आन्दोलित

दोलखा: बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध दोलखाका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन्। उनीहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।

दोलखाको बजार क्षेत्रमा देखिएको मन्दिले व्यवसायीहरू चिन्तित भइरहेको बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा अत्यधिक वृद्धि र मानसिक दबाब बढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन्। 

दोलखा उद्योग वाणिज्य संघ र  दोलखा चेम्बर अफ कर्मशले संयुक्त आन्दोलनको घोषणा गरेको छ। उनीहरूको आन्दोलनमा कपडा तथा फेन्सी व्यवसायी संघ, इलेक्ट्रोनिक संघ, सिलाई बुनाई संघ, होटल व्यवसायी संघ र सुन चाँदी व्यवसायी संघको पनि साथ दिएको छ। 

व्यवसायीहरूले चालु कर्जाको मार्ग निर्देशन खारेज गर्नुपर्ने, पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एक अंकमा कायम गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाको आतंक बन्द हुनुपर्ने, कारोवारको आधारमा कर्जा दिने प्रावधान संशोधन हुनुपर्ने, चालु रहेको ओभर ड्राफ कर्जा यथावत राख्नुपर्ने, राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज हुनुपर्ने, वर्षमा एक पटक चालुपुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज हुनुपर्ने लगायतका माग राखेका छन्। 

आन्दोलनका कार्यक्रमअन्तर्गत व्यवसायीहरूले बुधबार हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्र बैंक र अर्थ मन्त्रालयमा मागपत्र प्रस्तुत गरेका थिए भने बिहीबार एक दिन बैंक तथा वित्तीय संस्थाहरूसँग सम्पूर्ण आर्थिक कारोवार बहिष्कार गरेका थिए। 

व्यवसायीहरूको आन्दोलनमा सरोकारवाला निकायले चासो नदिए पुष २४ गतेबाट थप सशक्त आन्दोलन गर्ने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र दोलखा चेम्बर आफ कर्मशका अध्यक्ष बिष्णु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.