कहाँ गयो १९ केजी सुन?

कहाँ गयो १९ केजी सुन?

काठमाडौं : गत शुक्रबार १९ किलो सुनसहित सुडानी नागरिक प्रक्राउ परे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा प्रहरीको टोलीले कम्मरमा बाँधेर ल्याएको सुन बरामद गरेको थियो। २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्डिन १९ केजी सुनसहित प्रक्राउ परेका थिए।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआइजी श्याम ज्ञवालीका अनुसार सुन लिन आउने अर्का एक सुडानी पनि प्रक्राउ परेका थिए। फ्लाई दुबईको उडान नं ५३५ बाट काठमाडौं आइपुगेका मोहम्मदसँग १५ दिनको भिजिट भिसा रहेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो विमानस्थल आगमन कक्षमा मोहम्मद असहज अवस्थामा भेटिएका थिए। उनी घरी भित्र पश्न खोज्थे, घरी पार्किङ एरियामा जान्थे। विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नोटिस गरिरहेको थियो। उनी प्रहरीको ट्र्यापमा थिए। प्रहरीका अनुसार उनी मोहम्मदलाई लिनका लागि विमानस्थल आएका थिए। सुडानी नागरिक नै रहेका उनी केही दिनअघि भिजिट भिसामै नेपाल आएका थिए। दुईबीच कनेक्सन देखिएपछि नियन्त्रणमा लिइएर चेकजाँच गरिएको प्रहरीको दाबी छ।

डीआइजी ज्ञवालीका अनुसार विमानस्थलमा ल्याण्ड भएपछि मोहम्मदले पनि शंकास्पद व्यवहार देखाएका थिए। प्रहरीलाई देखेर उनी निकै डराएका थिए। चेकजाच गर्दा उनले लगाएको घडी खल्तीमा हालेका थिए। मेसिनमा साइरन बज्यो। खल्ती चेकजाच गर्दा कम्मरमा पनि अलि असहज लाग्ने गरी बेल्ट बाँधिएको पत्ता लाग्यो। सुनलाई लेदो बनाएर बेल्टमा टाँसिएको थियो। १९०० ग्रामका १० वटा प्याकेटलाई बेल्टमै टाँसिनेगरी अड्काइएको थियो। एक्सरे मेसिनले रिड नगर्ने खालको केमिकल प्रयोग गरेर विमानस्थलबाट सुन पास गरिएको थियो।

विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार सुडानी नागरिकबाट बरामद भएको सुन चेकजाँचको लागि राष्ट्र बैंकमा पठाइएको छ। सुडानी नागरिकले अंग्रेजी पनि नबुझ्ने भएकाले अनुसन्धानमा असहज भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दोभाषे खोजेर अनुसन्धान गरिरहेको छ।

पोखरेल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उक्त सुन दुबईबाट नेपाल हुँदै भारत लैजान लागिएको थियो। उनीहरू भरियाका रूपमा सुन बोकेर आएका थिए। अहिलेसम्म सुनको आधिकारिक मानिस फेला परेको छैन। दुवैजना पहिलो पटक नेपाल आएका हुन्।'

धुलो र लेदोको रुपमा सुनलाई ल्याइएको उनले बताए। 'सुनको शुद्वता परीक्षणका लागि हामीले राष्ट्र बैंक पठाएका छौं। राष्ट्र बैंकले सुन शुद्वताको आधिकारिक रिपोर्ट पठाइसकेको छैन। उनीहरु दुवैजना अनुसन्धानका लागि प्रहरी हिरासतमै छन्।'

उनले सुनको परिमाण र शुद्वता एकिन भइनसके बताए। यसको रिपोर्ट आएपछि थप अनुसन्धान सुरु हुने उनको भनाइ छ।

नियन्त्रणमा लिइएका सुडानी नागरिकको बयानबाट धेरै कुरा पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। 'यो सुन कसको हो? कहाँबाट आयो? तस्कर गर्ने समूह को थिए? प्रहरीले यसबारे अनुसनधान गरिरहेको छ,' पोखरेलले भने।

ठूलो परिमाणको सुन तस्करीमा संलग्नहरू नेपालमै लुगेको हुनसक्ने प्रहरीको अनुमान छ। 'अनुसन्धानका क्रममा केही न केही 'क्लु' मिल्ला। हामी भरियामात्रै नभइ समूहलाई नै नियन्त्रणमा लिन खोजिरहेका छौं,' पोखरेलले भने।

भन्सार छलीको कसुरमा उनीहरूविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.