फुटबलका महान् खेलाडी पेलेको निधन

फुटबलका महान् खेलाडी पेलेको निधन

साओ पाउलो : महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ।

ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत पेलेको निधन भएको उनकी छोरीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकी छन्। उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका उनले एक हजारभन्दा बढी गोल गरेका छन्।

पेले पहिले देखिनै मिर्गौलाको समस्यासँग जुधिरहेका थिए। २१ वर्षको खेल जीवनका क्रममा विपक्षीहरूसँगको घम्साघम्सीका कारण उनले सन् १९७० को दशकमा एउटा मिर्गौला गुमाएका थिए।

कालो मोतीका रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो। १५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भएका थिए। पेलेको निधनप्रति विश्वका प्रख्यात खेलाडीसँगै खेलप्रेमीले श्रद्धाञ्जली दिइरहेका छन्। -एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.