भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको १०० वर्षको उमेरमा निधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको १०० वर्षको उमेरमा निधन

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा निधन भएको छ । बुधबार हिराबेनको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीकी आमा हिराबेनको स्थानीय समयअनुसार शुक्रबार (डिसेम्बर ३०) बिहान ३:३० बजे निधन भएको हो ।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनबारे ट्विट गर्दै  भगवानको चरणमा गौरवमय शताब्दीको पूर्णविराम भएको बताएका छन्।

मोदीले आफू आमाको सयौं जन्मदिनमा भेट्न जाँदा आमाले एउटा कुरा भनेको जुन आफू सधैं सम्झिरहने बताए। उनले भने, ' आमाले मलाई बुद्धिमानीपूर्वक काम गर्न र पवित्रताका साथ जीवन बिताउनु भन्नुभएको थियो।'

हिराबेनको जन्म मेहसाना जिल्लाको विसनगरमा भएको थियो। यो वडनगरको नजिक छ। हिराबेनको जन्म भएको केही दिनपछि उनकी आमा अर्थात् प्रधानमन्त्री मोदीकी हजुरआमाको निधन भएको थियो । एक शताब्दीअघि विश्वव्यापी महामारीमा उनको मृत्यु भएको मोदीले बताएका थिए।

यस वर्षको जुन १८ मा प्रधानमन्त्री मोदीले भनेका थिए, 'मेरी आमाको बाल्यकाल आमा बिना बित्यो, आमासँग जिद्धि गर्न पाइनन्, काखमा टाउको लुकाउन पाइनन्। आमाले उनले विद्यालय टेक्न पाइनन्। उनले गरिबी र अभाव मात्रै देखिन्।'
 
यस वर्ष १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए ।

आमाको सय वर्ष पूरा भएको अवसरमा मोदी गान्धीनगर गएका थिए । हिराबेनको १०० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री मोदीले भावुक ब्लग पनि लेखेका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.