भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति प्रचण्डद्वारा शोक व्यक्त

भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति प्रचण्डद्वारा शोक व्यक्त

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दहाल'प्रचण्डले' शोक व्यक्त गरेका छन्। उनले ट्विट गर्दै मोदी र उनको परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले मृतकको आत्माको चीर शान्तिको कामना गरेका छन्। 

उनले लेखे, 'यस शोकको घडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको परिवारजनप्रति हार्दिक संवेदना प्रकट गर्छु। मृतकको आत्माको चीर शान्तिको कामना गर्दछु।'

 भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेन मोदीको १०० वर्षको उमेरमा आज बिहान निधन भएको छ । बुधबार हिराबेनको स्वास्थ्यमा समस्या आएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। 

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीकी आमा हिराबेनको स्थानीय समयअनुसार शुक्रबार (डिसेम्बर ३०) बिहान ३:३० बजे निधन भएको हो ।

प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनबारे ट्विट गर्दै जानकारी दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.