स्याङ्जामा यौन दुर्व्यवहारका १० घटना दर्ता

स्याङ्जामा यौन दुर्व्यवहारका १० घटना दर्ता

स्याङ्जा: एक वर्षमा स्याङ्जामा ५७ वटा मानवअधिकार हनन् सम्बन्धी घटना दर्ता भएका छन्। गतवर्षको तुलनामा यो वर्ष मानवअधिकार उल्लंघनका घटनामा कमी देखिएको हो।

 
अंग्रेजी एक वर्षे अवधिमा स्याङ्जामा भएका मानवअधिकार हनन् सम्बन्धी हत्या, हिंसा, बलात्कार, बलात्कारका प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, घरेलु हिंसा लगाएतका ५७ घटना विभिन्न कार्यालयमा दर्ता भएका हुन्।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व आयोजित समीक्षा कार्यक्रममा स्याङ्जा प्रतिनिधि राधाकृष्ण शर्माले सन् २०२२ जनवरीदेखि डिसेम्बर २७ सम्मको अवधिमा स्याङ्जामा यौनदुब्र्यवहार सम्बन्धी १० वटा घटना भएको बताए। अघिल्लो वर्षको तुलनामा यस वर्ष मानवअधिकार उल्लंघनका घटनामा १० प्रतिशतले कम भएको हो।

घरेलु हिंसामा ३१ वटा उजुरी दर्ता भएका छन्। खानलगाउन नदिएको ४ वटा, विवाह दर्ता र जन्मदर्ता नगरिदिएको र नागरिकता नबनाइदिएको भन्दै एक/एक वटा उजुरी परेका छन्। घरायसी झैझगडामा १४ वटा, कुटपिटमा ८ वटा, गालीगलौजमा ४, हेलाहोचोमा एउटा उजुरी दर्ता भएका हुन्।
 
ती उजुरी मध्ये २५ वटामा मिलापत्र भएको र ६ वटा उजुरी अदालत समक्ष पेश गरिएको उल्लेख छ। एक वर्षमा ३ जना पुरुषको हत्या भएको छ भने कुटपिट तथा दुर्व्यवहारमा १३ वटा उजुरी छन। ती मध्ये ८ महिला र ५ पुरुष छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.