साँखुमा हुने माधवनारायण व्रतकथाको तयारी पूरा

साँखुमा हुने माधवनारायण व्रतकथाको तयारी पूरा

भक्तपुर : काठमाडौंको साँखुमा लाग्ने एकमहिने माधवनारायण (स्वस्थानी व्रतकथा) तथा शालीनदी मेलाको तयारी पूरा भएको छ। 

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेलाको तयारी पूरा भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए। 

यो वर्ष पुस २२ गते शुक्रबारदेखि मेला लाग्दैछ। भक्तजनहरूको सेवासुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातले सेवा दिन तयार रहेको उनले सुनाए। 

साँखु आउने व्रतालुहरूलाई सुरुमा लगत संकलनका लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिने छ। समितिले व्रत सुरु हुनुभन्दा केही अगाडिदेखि नै बसोबासको व्यवस्था गर्न सहजीकरण गरिरहेको जनाएको छ।

शान्ति सुरक्षाका लागि सालीनदी परिसरभित्र विभिन्न ठाउँमा सीसीटिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखुअन्तर्गत विशेष प्रहरी टोली परिचालन गरिने छ।

भक्तजनहरूलाई मास्क र स्यानिटाइजर वितरण गरिने छ। व्रतालुहरूबाट टीका प्रसाद ग्रहण गर्न चाहने भक्तजनहरूका लागि छुट्टै व्यवस्था गरिने छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.