पुष्पा न्यौपाने मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान

पुष्पा न्यौपाने मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान

काठमाडौं : पुष्पा न्यौपाने मृत्यु प्रकरणमा सुधन संग्रौला जेल चलान भएका छन्। उनी आत्महत्या दुरुत्साहन मुद्दामा जेल चलान भएका हुन्। 

बानेश्वरकी २६ वर्षीया न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

काठमाडौं-१० बानेश्वर बुद्धनगर बस्ने २७ वर्षीय पुष्पाको काठमाडौं-४ धुम्बाराहीका सुधनसँग गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो। उनीहरूबीच गत माघदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। 

प्रेमलाई विवाहमा परिणत गर्ने योजनामा रहेकी पुष्पा गत आइतबार धुम्बाराहीस्थित मधु संग्रौलाको घर अगाडि आगो लाग्दै गरेको अवस्थामा भेटिइन्। उपचारका क्रममा न्यौपानेको सोमबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.