भक्तपुर नगरपालिकाका सबै वडामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण
![भक्तपुर नगरपालिकाका सबै वडामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_20221230193134_ZKcrIm6iMQ.jpg)
भक्तपुर : भक्तपुर नगरपालिकाका सबै वडामा श्वासप्रश्वाससम्बन्धी शिविर सञ्चालन हुने भएको छ।
यसअनुसार शुक्रबार भक्तपुर नगरपालिका-९ वडा कार्यालयबाट सेवा सुरु भएको हो। भक्तपुर नगरपालिकाको आयोजनामा शिविर सुरु भएको हो।
बढ्दो उमेरसँगै विभिन्न प्रकारको स्वास्थ्य समस्या देखापर्ने र यसैलाई ध्यानमा राखी नगरपालिकाले १० वटै वडामा यससम्बन्धी स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको जनाएको छ।
नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालसँगैको श्वासप्रश्वास पुनर्स्थापना केन्द्रमा फिजियोथेरापीका लागि सहजीकरण गर्ने उद्देश्य राखिएको छ।
वडाले शुक्रबार वडाको वाकुपति नारायणस्थानमा शिविर सम्पन्न गरेको छ। वडाध्यक्ष रवीन्द्र ज्याख्वले जाडो मौसममा जेष्ठ नागरिकलाई हुने श्वासप्रश्वास सम्बन्धी समस्या पहिचान गरी आवश्यक परामर्श दिन शिविर सञ्चालन गरिएको बताए।
ख्वप अस्पतालका जनरल मेडिकल फिजिसियन डाक्टर बालकृष्ण चांगुभारीले शिविरमा ६० वर्ष पूरा भएका नागरिकले फिजियोथेरापीका लागि श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा सम्पर्क राख्न सकिने बताए।
शिविरमा आएकी स्थानीय त्वचा टोलका ७६ वर्षीय जेष्ठ नागरिक पूर्णलक्ष्मी प्रजापतिले शिविरको प्रशंसा गर्दै दमको समस्या पहिलो पटक परीक्षण गरेको बताइन्।
शिविरमा नगरपालिका वडा नं ७, ८, ९ र १० वडाका एक सय ३७ जनाले परीक्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)