जनबहालमा सेतो मच्छिन्द्रनाथको महास्नान (फोटो फिचर)

जनबहालमा सेतो मच्छिन्द्रनाथको महास्नान (फोटो फिचर)

काठमाडौं: सेतो मच्छिन्द्रनाथको वार्षीक महास्नान काठमाडौंको जनबहालमा सम्पन्न भएको छ। सेतो मच्छिन्द्रनाथको वार्षीक स्नान प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिन्छ। यो वार्षीक उत्सव ठीक एक हप्ता पछि पूर्णिमासम्म मनाइन्छ। 

जीवित देवी कुमारी मन्दिरमा पुगेपछि मन्दिरका मुख्य पुजारीले देवतालाई मन्दिरबाट बाहिर निकालेर स्थापना गरी महास्नान गर्ने गर्दछन्। महास्नान जीवित देवी कुमारीलगायत थुप्रै संङ्ख्यामा सर्वसाधारणले अवलोकन गर्ने गर्दछ।
 

महास्नान पञ्चबुद्धको लुगा लगाएका अन्य पुजारीहरूले प्रारम्भिक अनुष्ठानका साथ गर्छन्। सेतो मच्छिन्द्रनाथको वार्षीक महास्नान सुरु हुनअघि मुख्य पुजारीले सेतो मच्छिन्द्रनाथ र दुई साना देवताकोलुगा फुकाउँछन् भने, यस अवधिमा अवलोकन गर्दै गरेका सर्वसाधारणले कति लुगा फुकाल्छन् भनेर गन्ती गरेको देख्न सकिन्छ।

उपस्थित अन्य पुजारीले अनुष्ठान गर्छन्, त्यसपछि दुई पुजारीहरूले दूध र घिउ मिसाएर देवताहरूलाई पानीले महास्नान स्वरूप नुहाउँछन्। स्नानको लागि प्रयोग गरिने पानी शोभा भगवतीको भचखुशीबाट एक दिनअघि ल्याइन्छ। अनुष्ठान समाप्त भएपछि, पुजारीले सबै देवताहरूलाई लुगामा बेर्छन् र मुख्य मन्दिर भित्र लैजान्छन्। भोलिपल्ट बिहान तिनीहरूले देवताहरूलाई घाम ताप्न बहलमा लैजान्छन्। 

तस्बिरमा हेर्नुहोस् महास्नान


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.