कोरला नाका अवलोकन गर्न भीआईपीको लर्को, अझै बनेनन् पूर्वाधार

कोरला नाका अवलोकन गर्न भीआईपीको लर्को, अझै बनेनन् पूर्वाधार

जोमसोम: विगत ५ वर्षदेखि चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमानाका कोरलामा भीआईपीको भ्रमण निरन्तर हुने गरेको छ। भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको कोरलानाका अवलोकन गर्न मन्त्रीदेखि विभागीय टोलीको होडबाजीनै चल्ने गरेको छ। तर, सरकारी उच्चपदाधिकारीले नाकाको भ्रमण गरेपनि पूर्वाधार निर्माणको विषयले प्राथमिकता पाउँन सकेको छैन।

चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरलानाका अवलोकन गर्न गतवर्ष उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ उपल्लो मुस्ताङ पुगेका थिए। त्यससमय श्रेष्ठले कोरला सडक र नाकामा पूर्वाधार निर्माण गर्न जोड दिने बताएका थिए। अहिले श्रेष्ठ नै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। उनका पालामा भौतिक पूर्वाधार निर्माणले प्राथमिकता पाउँछ वा पाउँदैन हेर्न बाँकी छ।

पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, निवर्तमान सभामुख अग्नी सापकोटा, प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको टोली, पूर्वपर्यटन मन्त्री योगेश भट्टराई ,पूर्वउद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, पूर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेल, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री रामजी बराल, पूर्वसंसदीय समितिकी सभापति पवित्रा निरौला, पूर्वमन्त्री प्रकाश शरण महत, पूर्वमन्त्री मिलेन्द्र रिजाल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली तथा सुरक्षा निकायबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको भीआईपी टोली धेरै पटक कोरोला नाकाको अवलोकन गर्न पुगेको छ। नाका पुग्नेले फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने बाहेक काम नगरेको स्थानीयको आरोप छ।

पछिल्लो समय कोरोला नाका पर्यटकीय गन्तव्य पनि बनेको जहाँ चिनियाँ भूभागमा भव्य संरचना देखिन्छ भने नेपाली क्षेत्र रित्तो नाका मात्र छ। यो समय मुस्ताङमा हिमपातको सम्भावना छ। चिसो अत्याधिक बढेको छ। चिसोकै कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन्। उपल्लो मुस्ताङका अधिकांश गाउँ अहिले मानवविहीन छन्।

भारतीय नाकाबन्दीपछि उत्तरी कोरलानाकाको चर्चा चुलिएको हो। चीनसँगको व्यापा तथा पारवाहन मार्ग विस्तार गर्न राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना २०७४ मा सुरु भयो। नेपालतर्फ सडक विस्तारको काम समेत भईरहेको छ। यद्यपी नाकामा पूर्वाधार निर्माण गर्ने विषयले प्राथमिकता पाउन सकेको छैन।

चीनले ७ वर्षअघिबाट उत्तरी कोरलानाकाको तिब्बती आफ्नो भूमी दशगजा क्षेत्रमा ठूला आधुनिक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ। चीनतर्फको आधुनिक भौतिक संरचना हेर्दा चीनले पनि कोरलानाका खुल्ला गर्ने योजना छ भन्ने बुझन् सकिन्छ। चीन पक्षले कोरलामा भन्सार, अध्यामगन, सुरक्षा पोस्ट र क्वारेन्टाईन भवन लगायतका अत्याधुनिक संरचना निर्माण गरिसकेको छ। तर,नेपालतर्फको दशगजा क्षेत्र भने रित्तो छ। नेपाली सुरक्षाकर्मी पनि कोरलादेखि नेपालतर्फको करिव १५ किमी यता नेचुङमा छन्। 

कोरलाको दशगजा क्षेत्रमा चिनियाँको उपस्थिति रहेपनि नेपालतर्फ भने यो सुविधा छैन। बर्सेनि संघ तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र सरकारी उच्च पदाधिकारी नाकामा पुग्ने गरेपनि भौतिक संरचना निर्माणमा कुनै पहल हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.