परम्परागत घर बनाउन पाउनुपर्ने माग गर्दै हस्ताक्षर संकलन

परम्परागत घर बनाउन पाउनुपर्ने माग गर्दै हस्ताक्षर संकलन

भक्तपुर: परम्परागत घर निर्माणमा बन्देज लगाइएको भन्दै भक्तपुरमा यसविरुद्ध अभियान सुरु भएको छ। आफ्नै गाउँ ठाउँका स्रोतसाधनको प्रयोग गरी परम्परागत घर निर्माण गर्न पाउनुपर्ने मागसहित यहाँ अभियान थालिएको हो। 

शनिबार पहिलो पटक यहाँ यसको पक्षमा हस्ताक्षर संकलन सुरु भएको छ। भक्तपुरको खौमामा शनिबार बिहानदेखि ११ बजेसम्म हस्ताक्षर संकलन गरिएको थियो। मेथड कन्सल्टेन्सी लान्चाफल्चा कमलविनायक भक्तपुरले यसका लागि  हस्ताक्षर अभियान थालेको हो।  

बढीमा दुई तल्ला बनाउन चाहे मात्रै परम्परागत घर बनाउन पाइने व्यवस्था छ। 

मेथड कन्सल्टेन्सी लान्चाफल्चाका प्रमुख इन्जिनियर तुल्सीलाल बासुकलाले भूकम्पपछि नेपाल सरकारले मौलिक नेपाली शैलीको घर निर्माणमा बन्देज लगाएको बताए। 

'मौलिक चिनारी झल्कने घर निर्माणमा सर्वसाधारणको रुचि त घटेकै छ, त्यसमा पनि सरकारले नियोजित रूपमा बन्देज लगाएको छ, उनको भने, सरकार आफैंले यस्ता घर नबनाउने त भइहाल्यो सर्वसाधारणले बनाउन चाहे पनि बनाउन पाएनन्।'

डण्डी, सिमेन्टसहितको ढलानको घर बनाउन चाहे एनलाइसिस गर्न सकिने व्यवस्था भएको तर परम्परागत घर बनाउनका लागि त्यसको एनलाइसिस गर्न नसिकने भएकाले परम्परागत घर बनाउन बन्देज लगाइएको देखिन्छ। 

२०७२ सालको भूकम्पपछि सरकारले परम्परागत घर बनाउन पाउने व्यवस्थासहितको डिजाइन छ तर परम्परागत घर बनाउँदा दुई तल्लाभन्दा बढी बनाउन पाइँदैन। यही कारण बढीमा दुई तल्ला बनाउन चाहे मात्रै परम्परागत घर बनाउन पाइने व्यवस्था छ। 

इन्जिनियर बासुकलाले भने, 'दुईभन्दा बढी तल्ला बनाउन त पाइन्छ भन्ने छ तर दुई तल्ला भन्दा वढीको नक्सा लिएर गयो भने एनलाइसिस (घरको बलियोपनासहितको इन्जिनियरिङ मापदण्ड) लिएर आउन भन्छ,' उनले भने, ' जबकि यसको कुनै व्यवस्था नै गरेको छैन।'
 
डण्डी, सिमेन्टसहितको ढलानको घर बनाउन चाहे एनलाइसिस गर्न सकिने व्यवस्था भएको तर परम्परागत घर बनाउनका लागि त्यसको एनलाइसिस गर्न नसिकने भएकाले परम्परागत घर बनाउन बन्देज लगाइएको देखिन्छ। 

नेपाली मौलिक स्वरूपको घर बनाउने कालिगढ र निर्माण सामग्री पाउन पनि कठिन छ।

आर्किटेक्ट सिर्जना प्रजापतिका अनुसार इन्जिनियरिङका विद्यार्थीलाई परम्परागत घरको एनलाइसिस गर्ने खालका पढाइ हुँदैन। 

यस्तो अवस्थामा परम्परागत घरको एनलाइसिस नै गर्न नसकिने अवस्था रहेको उनी बताउँछन्। 

नेपाली मौलिक स्वरूपको घर बनाउने कालिगढ र निर्माण सामग्री पाउन पनि कठिन छ। बस्तीहरू विदेशी शैलीमा ठडिएका छन्। समयले कोल्टे फेरेसँगै समाजमा बस्ने मानिसको रहन–सहन पनि परिवर्तन हुनु अस्वाभाविक होइन। 

तर, सर्वसाधारणले पनि आफ्नो देशको परम्परा र कला–संस्कृति नै बिर्सँदै जानु र सरकार झन त्यसमा आक्रमक हुनु राम्रो नभएको कलाप्रेमीहरूको भनाइ छ। 

घर निर्माणको नेपालको आफ्नो छुट्टै मौलिक एवं विशिष्ट परम्परा छ। तर, पछिल्लो दशक परम्परागत शैलीको घर निर्माण गर्ने चलन ह्वात्तै घटेको छ। भएका पुराना व्यक्तिगत र सरकारी भवनहरू पनि जीर्ण हुँदै, हराउँदै गएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.