पेलेको निधनमा शोकाकुल ब्राजिल

पेलेको निधनमा शोकाकुल ब्राजिल

ब्राजिल : विश्वका महान् फुटबलर  पेलेको निधनले दक्षिण अमेरिकी मुलुक शोकाकुल छ ।  पेलेको गृहराज्य मिनास मात्र होइन ब्राजिलका हरेक ठूलासाना नगरमा उनको अवसानले सन्नाटा छाएको छ । 

फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकले बताएका छन् । देशको हरेक भाग उनको असामयिक निधनबाट दुखी भएको र साथै उनीप्रति ब्राजिलबासीले गर्व गरेका बताएका छन् । स्कूलको भ्यान चलाउने ६७ वर्षका टाभरेसले विदेशमा ब्राजिलको प्रतिनिधित्व गरेका उनलाई कहिल्यै नबिर्सने बताएका छन्। शारीरिक शिक्षा प्रशिक्षक ३८ वर्षीय भिनिसियसले ब्राजिलका जनतालाई विश्वमा परिचित गराउने पेले मरेर पनि अमर भएका टिप्पणी गरे । 

अगस्टो मिनास गेराइसको पहाडमा रहेको आफ्नो सानो बारमा बसेका बेला पेलेको निधन भएको खबर सुनेकी ५५ वर्षीया रोजेली आफ्नो बुबा पेलेको खेल हेर्नको लागि तटीय सहर सान्तोसमा बस चढेको सम्झन्छिन् । उनी भन्छिन्, 'पेले विश्वकै उत्कृष्ट खेलाडी हुन्, उनी हाम्रा सबैभन्दा ठूलो ‘स्पोर्ट्स आइडल’ हुन् ।' 

रोटी बेर्ने अखबारका पानामा पेलेका बारेमा पढेकी लुसिया भन्छिन्, 'पेले फुटबलको प्रतीक हुनुहुन्थ्यो, एक महान् खेलाडीमात्र होइन सरल, नम्र व्यक्ति हुनुहुन्थ्यो जसले आफूले सक्ने सबै गर्नुभयो ।' देशका सर्वकालीन खेलाडीको निधनले ब्राजिल शोकको सागरमा डुबेको बताउँदै उनी पेलेका बारेमा जति बोले पनि त्यो कम हुने तर्क गर्छिन् ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.